बुधबार, बैशाख ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

किरणको कप्तानीमा नेपालले बंगलादेशसँग खेल्दै


  • माउन्टेन खबर
  • सोमवार, अशोज १०, २०७९
  • 223
    SHARES

काठमाडौं, १० असोज

मंगलवारलाई तय भएको बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा किरण चेम्जोङले कप्तानी गर्ने भएका छन् ।

सोमवार अखिल नेपाल फुटबल संघमा आयोजित प्रि–म्याच कन्फरेन्समा बंगलादेशसँगको मैत्रिपूर्ण खेलमा गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने जानकारी दिइएको हो । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलका लागि नेपाली टोलीको तयारी पूरा भएको छ । खेल दशरथ रंगशालामा मंगलवार साढे ५ बजे हुनेछ । सोमवार भएको प्रिम्याच कन्फ्रेन्समा कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईसँगै कप्तानका रुपमा किरण उपस्थित थिए । पछिल्लो पटक किरणले दशरथ रंगशालामै मरिससविरुद्धको दुई मैत्रीपूर्ण खेलमा कप्तानी गरेका थिए । कप्तानको जिम्मेवारीमा फर्किंदा उत्साहित हुँदै किरणले बंगालदेशसँगको खेल उत्कृष्ट हुने दाबी गरे ।

पहिलो पटक राष्ट्रिय टोलीको प्रशिक्षण सम्हालेका प्रदीप हुमागाईं नेपाललाई सुखद नतिजा दिलाउँदै दशैँ विशेष बनाउने सुनाए । प्रशिक्षका हुमागाईले नेपाली टोलीको तयारी राम्रो भएको बताए ।

यसअघि एशिया कप छनोटमा टोलीका सिनियर खेलाडी टोली बाहिर रहँदा नवयुग श्रेष्ठ र पुजन उपरकोटीले कप्तानी गरेका थिए । तर दुवै खेलाडी बंगलादेशसँगको मैत्रिपूर्ण खेलका लागि टोलीमा समावेश छैनन् ।

नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २४ पटक प्रतिष्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ । ५ खेल बराबरीमा सकिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }