बिहिबार, मंसिर १५, २०७९

प्रवासी नेपाली साहित्यमा स्त्री जीवनको अन्तर्कथा:-


  • तीर्थराज अधिकारी, अमेरिका
  • बुधबार, अशोज १२, २०७९
  • 681
    SHARES

प्रवासी नेपाली साहित्यमा स्त्री जीवनको अन्तर्कथा:-

कथाले कथाकारलाई सूक्ष्म आयामबाट फैलाउँदै एउटा विसालतामा पर्‍याउँछ। व्यष्टिलाई समष्टितिर उचाल्छ। सफल कथाकार उही हो जसले वर्तमानसित साक्षतकार गर्दै भविष्यको दृष्टि बोध गर्न सक्दछ। यस संग्रहमा समावेश दश कथाहरु अध्ययन गर्दा साहित्यकार रीतादेवी प्रधान एक गृहिणीमात्र नभै कवि, लेखक, संपादक, कथाकार आदिको रुपमा परिचित छिन्। उनले प्रयोग गरेको भाषाले उनलाई लोकप्रिय बनायो।

स्वाभाविक भाषा संवेदनशील हुन्छ। शब्दको शुन्दर चयनले भाषा समर्थ हुन जान्छ। आधुनिक कथाहरुमा पाठकलाई आकर्षित गर्न सांकेतिक भाषा बढि प्रयोग भएको देखिन्छ। शब्दको संमोहन शक्ति कथा लेखनको मूल मंत्र मानिन्छ। कथाको केन्द्रिय भावनै कथा हेतु हो। यसैलाई उजागर गर्न कथा लेखिन्छ। लेखकको निर्दिष्ट लक्षसित केद्रिय भाव एकाकार हुन्छ।

गद्य साहित्यभित्र नाटक, उपन्यास, आत्मकथा, कथा,निवन्ध ,जिवनी, यात्रा वृतान्त आदि पर्दछन्। यस मध्य नाटक, कथा र उपन्यासलाई कथा साहित्य भन्ने गरिएको छ। पुराण,बौध्द साहित्य ,हितोपदेश सबै कथा हुन्। पन्चतन्त्र त कथाको पौराणिक श्रोत हो। वर्तमानमा कथा लघुकथा र लामो कथामा वर्गिकरण गरिएका छन्। यस ग्रन्थमा भने लघु कथाको संकलन छ। कथाकार प्रधानका कथाहरुमा प्रेरणा विन्दुको विस्तार भएको पाइन्छ।

Reeta Devi Pradhan (Joshi) Nepal Bhasha की पहिलो उपन्यासकार पनि हुन्। उनीले नेपाल भाषामै यो कथा संग्रह प्रकाशन गरेर मातृ भाषाको ठुलो सेवा गरेकी छन्। यसको लागि कथाकार धन्य छिन। “The Voice of Diaspora” नामक यो कथा संग्रहमा दश लघुकथा समाविष्ट छन्। सबै कथाहरु अत्यन्त रोचक,वास्तविकताको नगिच र सुधारात्मक संकेत प्रदान गर्ने खालका लाग्दछन्। यी कथाहरुमा पारिवारिक विघटन, नव जनजीवनको सिको, बाह्य समाजको प्रभाव परेको देखिन्छ। विकसित समाजको अविकसित चालचलनको नकारात्मक प्रभावले खास गरेर अमेरिकामा नव प्रवेशी परिवारलाई जीवन मूल्यसित टाढा बनाउँदै लगेको संकेत मिल्दछ।

“बनमा लागेको आगो सबैले देख्छन् तर मनमा लगेको आगो कसैले देख्दैन” भनेझैं “My Wife Disappeared” भन्ने कथामा आँखा अगाडि डलरको रुखको लोभमा आफ्नी श्रिमती हराएको तीतो यथार्थ यसै कथामा भेटिन्छ। विदेशमा पैसाको अभावमा साँगुरो एपार्टमेण्टमा मिलीजुली बस्दा जोगाएर राखेको खाना समेत अर्कैले खाइदिएको नमिठो संझना पनि यहाँ भित्रको एउटा कथा “WOW! America!” मा पढ्न पाइन्छ। “ The things I Saw”, I Will not go to Nepal, I am Glad, I love her what can I do, Tika and bangles, How bizarre, The Eyes of Compassion and I was Surprised अदि कथामा सुन्दर भविस्यको खोजमा संयुक्त जाज्य अमेरिका पुगेका नेपालीहरुले भोगेका अपत्यारिला तथा असंगत कथाहरु गाँसिएका छन्।

कतै रात दिन ठगी धन्दामा लागेका भलाद्मी नेपालीको चर्तिकला भेटिन्छ भने कतै असहाय महिलालाई आफ्नो चङ्गुलमा घुमाई राख्ने धूर्त भेट हुन्छ। कुनै अभिभावकहरु दुई तीन महिना भन्दा धेरै बस्न नचाहेको अमेरिकाको परिदृश्य दृष्टिगोचर हुन्छ त कतै कुने परिचित वा अपरिचित नेपाली भेट हुँदा मनको सबै बह एकै पटक पोखेको आवाज सुनिन्छ। यस्तै यस्ता छोटा कथाहरुले भरिएको यो किताब संग्रहणीय र पठनीय दुबै गुण भएको दस्तावेज हो।

जति नेपाली युवा परदेश जान्छन् आफ्नो नेपाली परम्परा र संस्कृति पनि लिएर गएका हुन्छन्। प्रवासी नेपाली साहित्य नेपाली साहित्य नै हो, धारा मात्र आआफ्नो उपज हो। साहित्य त एक माध्यम हो। नेपाल भन्दा टाढा अन्य विभिन्न देशमा रहेका नेपालीहरूको अथक प्रयासबाट आज अन्तर्राष्ट्रिय नेपाली साहित्य समृद्ध बनेको छ । प्रवासी साहित्यकारले आफ्नो कलमबाट आफ्नो अनुभव र भावना साझा गरेको हुन्छ। आफू जहाँ रहे पनि मन र आत्मा देशकै माटोमा रहेको हुन्छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य विशेष कुनै दर्शन,सिद्धान्त तथा चिन्तन सँग जोडिएको छैन। यसले घर भन्दा पर आफूले भोगेको मानसिक अवस्था र दुःखको चित्रण पनि गरेको हुन्छ। तसर्थ यस प्रकारको साहित्यलाई साहित्यिक मापदण्डले मात्र हेर्न मिल्दैन। यसै भएर नै प्रवासी नेपालीहरूले आफ्नो लेखनको माध्यम नेपाली नै बनाए। प्रवासी नेपाली लेखकले प्रवासको संवेदनशीलतालाई नेपाली संस्कार सित जोडेर विषमता जति अक्षरमा उतारेका हुन्छन्।

यी कथाहरुमा बिम्ब र विचारको सामन्जस्य मिलेको छ। पात्र,चरित्र र घटनाक्रम वास्तविक धरातलमा आधारित हुँदा कथाकारको अभिप्राय र संकेत प्रत्येक कथामा सहज तवरले अनुमान गर्न सकिन्छ। बिम्ब र विचार एउटै सूत्रमा गाँसेर प्रस्तुत गर्न सक्ने लेखकको अद्भुत शक्ति यस संग्रहमा छिपाउनै नसकिने किसिमले छर्लङ्गिएको महसुस हुन्छ। यसको अतिरिक्त वडो मर्यदित भाषाको प्रयोग भएको छ। साहित्य सेवाको पवित्र भावनावाट प्रेरित ,प्रवाशी जीवनको विविध प्रवृत्ति र विचारको प्रवृष्टिमा सकभर सन्तुलन कायम गरिएको छ।सीमित क्षेत्रलाई आधार मानेर त्यही भित्रको काल्पनिक यथार्थलाई संप्रेशित गर्न सफल हुन्छ सिद्धहस्त कथाकार। यी कथाहरु नेपाली साहित्यकासमा सधैँ अमर रहनेछन भन्ने विस्वास जागेको छ।

नेपाली साहित्यमा विविध विमर्श विकशित भएका छन्। यी मध्ये कथा विमर्श एक हो। यो विमर्श आधुनिक नेपाली साहित्य हेर्ने अथवा पठनपाठन गर्ने विशेष पद्धतिको रुपमा विकसित भएको छ। प्रवासी साहित्यकार द्वारा रचित यो विमर्श प्रवासी विमर्शको नामले पनि परिचित छ। नेपाली प्रवासी कथा साहित्यमा नेपाली संस्कृति, समाज र संस्कार पनि जोडिएको वा समेटिएको पाइन्छ।

प्रवासी साहित्यमा नारी कथाकारको बहुल्यता र प्रधानता छ। सबै लेखकले आआफ्नो समय र परस्थितिको सामना गर्नै परेको हुन्छ। त्यसमा पनि नेपाल भाषामा कथा लेखनमा सफलता पाउनु आफैमा ठूलो प्राप्ति हो। यसको लागि कथाकारलाई साधुवाद दिनै पर्ने हुन्छ। रीतादेवी प्रधान धन्य छिन् । उहाँलाई अहोरात्र लेखन कार्यमा उत्साह प्रदान गर्ने उनका पति दीपक मान प्रधान धन्य हुन्। प्रवासी प्रकृयले सामाजिक परिवर्तनलाई प्रोत्साहन गर्दछ। सामाजिक संरचना प्रभावित गरेको हुन्छ। यस्तो हुन नदिनुमा दीपकजीको अहं भूमिका रहेको छ।

उनका अधिकांश कथामा अमेरिकी परिवेशमा पुरुषबाट छलिएका, ठगिएका र धोका पएका विवाहित वा अविवाहित नारी समुदायको सजीव चित्रण छ। यसर्थ पनि अमेरिकी प्रवासी नेपाली कथाकारहरुमा रीतादेवी प्रधानको स्थान महत्यपूर्ण रहेको छ। अमेरिकी दाम्पत्य जीवन र नेपाली समाजको दाम्पत्य जीवनमा धेरै अन्तर पाइन्छ। यो कथा साहित्यमा विदेशमा बस्ने नेपाली परिवारको व्यतिगत आजीविकासित सम्वन्धित धेरै सामाजिक समस्यको सटिक चित्रण भएको छ। यस मानेमा साहित्यकार सफल छिन्। उहाँलाई मेरो स्नेहाशीष छ।

-तीर्थराज अधिकारी, अमेरिका

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ