बिहिबार, मंसिर १५, २०७९

रवीन्द्र मिश्र राप्रपा प्रवेश, मिश्रसहित को–को गए राप्रपामा ?


  • माउन्टेन खबर
  • बुधबार, अशोज १२, २०७९
  • 76
    SHARES

काठमाडौं, १२ असोज । विवेकशील साझा परित्याग गरेका रवीन्द्र मिश्रसहितका नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । बुधबार दिउँसो १ बजे काठमाडौंको राष्ट्रियसभा गृहमा उनीहरु राप्रपा प्रवेश गरेका हुन् । राप्रपा प्रवेश गर्दा विवेकशील साझाका निवर्तमान अध्यक्ष मिश्रको साथ धेरैले छोडेका छन् ।

विवेकशील साझाका प्रवक्ता प्रकाशचन्द्र परियारका अनुसार केन्द्रीय समितिका १ दर्जन नेताले मात्र मिश्रसँगै राप्रपा जाने निधो गरेका छन् । उनीहरुले पार्टी कार्यालयमा राजीनामा पत्र बुझाएको उनको भनाइ छ । जसमा केन्द्रीय सदस्य नारायण कोइराला, कर्णबहादुर शाही, हरि गौतम, पूर्ण शाही, धर्म शाक्य, मुरली मिश्र माधव भण्डारी, शान्ता गिरी, सुरेन्द्र शाह, डम्बर खत्री लगायत छन् । विवेकशील साझाको चर्चित अनुहार एक जना पनि मिश्रसँग नभएको उनको भनाइ छ ।

विवेकशील साझालाई हिन्द्र र राजावादी बनाउन पञ्च, मण्डले र राजावादी पृष्ठभूमिका मान्छे पार्टीमा छिरेका थिए । उनीहरुलाई बोकेर मिश्र राप्रपामा गएको परियारले बताए । वैकल्पिक राजनीतिका मुख्य अनुहारहरु डाक्टर उमेद पुन, किशोर थापा, प्रकाशचन्द्र परियार, समीक्षा बाँस्कोटा, प्रदीप थापा, रञ्जु दर्शना, केशव दाहाल, नवराज थापा, मिलन पाण्डे, सरोज गौतम, विराजभक्त श्रेष्ठ, पवित्रा थापा, सुवुना बस्नेत र घनश्याम विश्वकर्मा छन् ।

यस्तै सुरज प्रधान, सञ्जीव भट्टराई,रजीया वानु, प्रमेश श्रेष्ठ, समुन्द्र केसी, आशुतोष प्रधान, अमलेश कर्ण, उत्तम निरौला, कीर्ति तुलाधर, जमुना सुवेदी, पुष्पा सापकोटा, डाक्टर तारा काफ्ले, यमनारायण खनाल, रमेश विष्ट, रमन सुवेदी, अनिल भेटवाल, विकास मानव श्रेष्ठ, शारदा रिजाल, कल्पित पाण्डे, सरस्वती पन्थी भुषाल, डा.सुमित्रासिंह लामा, सस्मित पोखरेल सुदर्शनराज शर्मा, सुमित्रा गुरुङ, सुशील देवकोटा, हरिकृष्ण श्रेष्ठ हीरामणि पौडेल,कृष्णप्रसाद भट्टराई डा.नन्द काप्री र सञ्जय बराल विवेकशील साझामै छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ