शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्सेमा एकल अंकको वृद्धि, कारोबार रकम ४८ करोडमा झर्‍यो


  • माउन्टेन खबर
  • बुधबार, अशोज १२, २०७९
  • 166
    SHARES

काठमाडौंं, १२ असोज । साताको चौथो दिन सेयर बजारमा एकल अंकको सामान्य वृद्धि भएको छ । नेप्से मंगलबार दोहोरो अंकले बढेको थियो । बुधबार बजार परिसूचक नेप्से ६.४१ अंकले वृद्धि भएर १८३७.४६ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १.४५ अंकले वृद्धि भएर ३५९.५९ अंकमा बन्द भएको छ ।

नेप्सेसँगै अधिकांश उपसूचकमा वृद्धि हुँदा व्यापार, वित्त कम्पनी, अन्य र म्युचुअल फण्ड उपसूचकमा गिरावट भएको छ । बैंकिङ बीमा, विकास बैंक, उत्पादनमूलक, होटल तथा पर्यटन लगायतका उपसूचक भने बढेको छ ।

नेप्सेमा वृद्धि भएपनि बुधबार कारोबार रकम भने ५० करोडबाट पनि झरेको छ । बुधबार नेप्सेमा १३ लाख ७० हजार ४७७ कित्ता सेयर किनबेच हुँदा ४८ करोड ५४ लाख ९ हजारको कारोबार भएको छ । जसमध्ये नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर सर्वाधिक ४ करोड ७५ लाख ९८ हजारको कारोबार हुँदा नबिल बैंकको २ करोड ६९ लाख ५३ हजार र रिडी हाइड्रोपावरको २ करोड ४ लाख १५ हजारको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १०० कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ७४ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा ११ कम्पनीको भने स्थिर छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }