शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिभुवन विमानस्थल वरपर चङ्गा नउडाउन सरकारको चेतावनी


  • माउन्टेन खबर
  • बुधबार, अशोज १२, २०७९
  • 195
    SHARES

काठमाडौ, १२ असोज । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा नउडाउन चेतावनी दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सूचना निकालेर विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने भन्दै चेतावनी दिएको हो ।

विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडाउने कार्यबाट विमानको उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भएको हुँदा यस किसिमको गतिविधि एवम् क्रियाकलाप नगर्न/नगराउन हुन सम्बन्धित सबैमा प्राधिकरणले आग्रह पनि गरेको छ ।

कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्तो गतिविधि गरे तथा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही हुनेसमेत प्राधिकरणले चेतावनी दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }