शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

ग्लोबल आइएमई बैंकलाई क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा


  • माउन्टेन खबर
  • बुधबार, अशोज १२, २०७९
  • 242
    SHARES

काठमाडौँ । ग्लोबल आइएमई बैंकलाई आईएफसीको क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिएको छ ।

बुधवार काठमडौंमा आयोजित एक कार्यक्रमबीच विश्व बैंक समूहको सदस्य आईएफसीले ग्रिन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जीटीएफपी) अन्तर्गत क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा दिने सम्झौता भएको हो ।

कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आईएफसीका दक्षिण एशिया क्षेत्रीय प्रवन्धक जुन योङ्ग पार्कले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

यो कार्यक्रम नेपाल जस्तो विकासशील अर्थतन्त्रहरूमा अन्तर्राष्ट्रिय व्यापार प्रर्वधन तथा ट्रेड फाइनान्स लिमिट पूर्ती गर्ने उद्देश्यले ल्याइएको बैंकले जनाएको छ । यो परियोजनाले ग्लोवल आइएमई बैंकलाई बैंकको बढ्दो व्यापार व्यवसायमा माग र आपूर्तिबीचको अन्तरलाई सम्बोधन गर्न मद्दत बैंकले अपेक्षा गरेको छ । कार्यक्रमले ग्लोवल ट्रेड फाइनान्स, अन्तर्राष्ट्रिय वित्तीय सम्बन्ध र अन्तर्राष्ट्रिय बजारमा व्यापार बिस्तार गर्न सहजीकरण गर्नुका साथै द्विपक्षीय करेस्पोन्डेण्ट बैंकिङ सम्बन्धलाई बलियो र सक्षम बनाउने बैंकले विश्वास लिएको छ ।

कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस कार्यक्रम नेपालमा जलवायु अनुकुल व्यवसाय बिस्तारका लागि सहयोगी बन्ने बताउनु भयो । ग्लोबल आइएमई बैंक र आईएफसीबीच यो दोस्रो साझेदारी हो । सन् २०१९ मा आईएफसीले बैंकलाई साना तथा मझौला व्यवसायमा लगानी गर्नको लागि २० मिलियन अमेरिकी डलर लगानी गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }