मङ्लबार, बैशाख ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवागढी नाका दुईतर्फी सुचारू गर्न चिनियाँ पक्षलाई नेपालको अनुरोध


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १३, २०७९
  • 164
    SHARES

रसुवा, १३ असोज । रसुवागढी नाकाबाट दुईतर्फी व्यापार र आवागमन सुचारू गर्न नेपालले चिनियाँ पक्षलाई अनुरोध गरेको छ । बुधबार नेपाल र चीनका प्रतिनिधीबीच भर्चुअल माध्यमबाट भएको काउन्टरपार्ट बैठकमा नेपाली पक्षले चिनियाँ अधिकारीहरूलाई रसुवागढी नाका दुईतर्फी रुपमा सञ्चालन गर्न अनुरोध गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए ।

बैठकमा नेपाली पक्षले चीन सरकारको अनुदानमा रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहलाई आवश्यक प्रक्रिया पूरा गरी छिट्टै निर्माण सम्पन्न गर्न आग्रह गरेको छ । त्यस्तै चिनियाँ सरकारले निर्माण गर्ने स्याफ्रुबेँसी-रसुवागढी सडकखण्डको निर्माण थालनी यथाशक्य चाँडो सुरु गरिदिन आग्रह गरेको छ ।

चीनको केरुङमा व्यापार व्यावसाय गरेका केही नेपालीहरू कोभिड-१९ का कारण भएको लकडाउनपछि केरुङ फर्किन नपाएको र अहिलेसम्म पनि केरुङमा घरभाडा तिर्नु परिरहेको गुनासोको सम्बन्धमा आवश्यक सहजीकरण गरिदिन चिनिया पक्षसँग अनुरोध गरिएको प्रजिअ जैसीले बताए ।

मित्रराष्ट्र चीनको तर्फबाट पनि बैठकमा विभिन्न विषयहरू प्रस्तुत गरिएका थिए । नेपाल र चीनबीच सौहार्दपूर्ण सम्बन्ध कायम रहेकोमा खुसी व्यक्त चिनियाँ पक्षले सीमा सुरक्षा तथा स्थिरताका लागि विशेष निगरानी र सतर्कता अपनाइदिन नेपाली पक्षलाई अनुरोध गरेको छ । यसैगरी बैठकमा सीमापार अपराध नियन्त्रणका लागि आवश्यक सहयोग, समन्वय सहजीकरण गरिदिन नेपाली पक्षसँग आग्रह गरेका छन् ।

नेपाल सरकारको तर्फबाट जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी जैसी र मित्रराष्ट्र चीन सरकारको तर्फबाट सीमा तथा अध्यागमन प्रमुख वाङ सिहोङले भर्चुअल बैठकको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }