शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दशैंका लागि बैंकमा २२ अर्बको नयाँ नोट


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १३, २०७९
  • 164
    SHARES

काठमाडौं, १३ असोज । नेपाल राष्ट्र बैंकले दशैंका लागि २२ अर्ब रुपैयाँ पैसा बैंकिङ प्रणालीमा पठाएको छ । राष्ट्र बैंकले २९ भदौदेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा उपलब्ध गराएको थियो ।

यस वर्ष दशैंमा १२ अर्ब रुपैयाँको साना दरको नोट साटहीको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए । यस्तै ठूला दरको (५०० र १०००) दरका १० अर्ब बराबरको नोट सहटी भएको उनले बताए ।

साना दरका नोट अथवा थप सहटी नहुने तर ठूला दरका नोट भने दशैं बिदा लामो भएकोले बैंकहरुले एटीएममा राख्नका लागि थप माग गर्नसक्ने उनले बताए । यस वर्ष दशैं लक्षित साना र ठूला दरको २५ अर्ब रुपैयाँ भन्दा माथिको नयाँ नोट बजारमा जाने देखिएको नेपाल बताउँछन् ।

गत वर्ष साना दरको करिब ८ अर्बको नोट सटही भएकोमा यस वर्ष बढेको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }