मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेेस संसदीय समितिको बैठक बालुवाटारमा जारी


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १३, २०७९
  • 228
    SHARES

काठमाडौं, १३ असोज। नेपाली कांग्रेसको केन्द्रीय संसदीय समितिको बैठक बसिरहेको छ । आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्नेबारे छलफल गर्न बैठक बसेको हो ।

बैठकमा निर्वाचन आयोगमा बुझाइसकिएको समानुपातिक उम्मेदवारको बन्द सूची मिलाउने र प्रत्यक्षतर्फ उम्मेदवारहरुको विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिए ।

समानुपातिक बन्द सूचीमा संस्थापन पक्षले एकलौटी गरेको गुनासो गर्दै शेखर कोइराला समूहले आन्दोलन थालेपछि सभापति शेरबहादुर देउवाले बन्द सूची सच्याउने र प्रत्यक्षतर्फका समेत उम्मेदवार चयनबारे छलफल गर्न शीर्ष नेताहरुको बैठक राखेका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलिरहेको बैठकमा नेता कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापासहित शीर्ष नेताहरु सहभागी छन् । समानुपातिक उम्मेदवारको सूचीमाथि विरोध भएपछि सभापति देउवाले त्यसलाई सच्याउन सकिने भन्दै छलफल थालेका थिए । बुधबार दिनभर नै पदाधिकारीहरुले बालुवाटारमा त्यसबारे आन्तरिक गृहकार्य गरेका थिए ।

बिहीबार बिहान बत्तिसपुतलीमा आफूपक्षीय कार्यकर्ताका लागि दसैंको शुभकामना आदान प्रदान गरेका नेता कोइराला र महामन्त्री थापा लगत्तै रणनीतिक छलफलमा जुटेका थिए । त्यसक्रममा नेता कोइरालाले उपसभापति गुरुङ, महामन्त्री थापासहित नेताहरुसँग रणनीतिक छलफल गरेका थिए भने त्यसपछि पार्टी पदाधिकारी बैठकका लागि बालुवाटार पुगेका छन् ।

बैठकले समानुपातिक सूचीलाई अन्तिम रुप दिने र गठबन्धनमा सिट बाँडफाँटमा पार्टीले लिने सिटबारे सहमति जुटाउने तयारी छ । निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सूची सं‌शोधन गर्ने समय असोज १६ गतेसम्मको सीमा तोकेको छ ।

कांग्रेसले अहिले बुझाएको १०९ जनाको सूचीमा कोइराला समूहबाट १४ जनाको मात्रै नाम छ । नेता कोइरालाले ४० प्रतिशत भागबन्डा नगरेर न्यायोचितरुपमा उम्मेदवार चयन हुनुपर्ने दाबी गरेका छन् । तर दोस्रो तहका नेताहरु भने सभापति देउवाले न्यायोचित व्यवहार गर्न नजान्ने भन्दै ४० प्रतिशत भागबण्डा हुनुपर्ने भन्दै आएका छन् ।

कोइराला समूहले विरोध जनाएपछि प्रवक्ता प्रकाशशरण महतले भने पार्टीभित्र उम्मेदवार चयनका विषयमा कुनै विवाद नरहेको बताएका थिए । उनले सर्वसम्मत प्रक्रियाबाट उम्मेदवार चयन भइरहेको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }