बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रवीन्द्र मिश्र राप्रपा गएपछि मिलन पाण्डे समूहसँग विवेकशीलले थाल्यो छलफल


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १३, २०७९
  • 236
    SHARES

काठमाडौं, १३ असोज । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा गएपछि विवेकशील साझा पार्टीले पूर्वसहकर्मीहरुसँग एकताका लागि छलफल थालेको छ ।

मिश्रले राजसंस्थाको वकालत गर्दै संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमत संग्रह हुनुपर्ने मागसहितको ‘मार्ग परिवर्तन’ दस्तावेज ल्याएपछि चर्किएको संघर्षका बेला संयोजक मिलन पाण्डेको नेतृत्वमा एउटा समूह पार्टीबाट अलग भएको थियो ।

हाल विवेकशील साझा पार्टीमा प्रवक्ता रहेका प्रकाशचन्द्र परियार भन्छन्, ‘मिलन पाण्डेजीहरुले पहिले जुन माग उठाएर संघर्ष गरिरहनुभएको थियो, त्यो विषय उठाउने व्यक्ति नै यहाँ नरहेपछि स्वतः हामी एक ठाउँ भइसक्यौं ।’

उनले अब पार्टीमा कोही राजतन्त्रवादी बाँकी रहे उनीहरुलाई कारबाही गरिने बताए । ‘पाण्डेजीहरुले जुन कुरामा आवाज उठाउनुभएको थियो, त्यसको नेतृत्व र त्यो अपेक्षा राख्ने मान्छे नै यहाँ नभएपछि त्यो स्वतः कारबाही भइसकेको छ,’ परियारले भने, ‘अब मिलेर वैकल्पिक राजनीतिलाई अघि बढाउँछौं ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }