चाहत
म रूँदा नरोऊ भनी फकाउनलाई कोही आए हुन्थ्यो,
एकान्तमा मन बहलाउँनलाई कसैको साथ पाए हुन्थ्यो।
जब यादहरूको आँधी तूफान मेरो मनमा चलेका बेला
भूतपूर्व प्रेमी पनि यहि हालमा मेरो सामु आए हुन्थ्यो।
किनार बिर्सेका माझिहरू पनि कहिले काहिं यहाँ
सकुशल मुस्कुराउँदै हाम्रो अगाडी आई खाए हुन्थ्यो।
तिम्रा आँखा मेरा भएर केही पल झूम्न सके नि
आफूले चाहेकोलाई अरु कसैले आँखा नलाए हुन्थ्यो।
कहिले काहीं तिम्रो आँखामा डुबेर जूनले ऐना हेरोस्
म धर्ती बनेर एकछिन तिमीलाई नियाल्न पाए हुन्थ्यो।
म हजारौं लाखौं चोट सहेर बाँच्न तयार हुन्थेँ बरु
तिमी फेरि एकचोटि मेरो जिवनमा आए हुन्थ्यो।
-गृष्मा पौड्याल
टोकियो जापान