शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

देशभरका १० हजार ८९१ मध्ये ३ हजार ६५ मतदानस्थल अति संवेदनशील


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १४, २०७९
  • 185
    SHARES

काठमाडौ, १४ असोज । गृह मन्त्रालयले संघ र प्रदेश सभा निर्वाचनमा तीन हजार ६५ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको छ । सुरक्षा जोखिम, भौगोलिक अवस्था र मतदाताको संख्याका आधारमा करिब २८ प्रतिशत मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखिएको हो ।

गृहका अनुसार चार हजार चार सय ७८ मतदानस्थललाई संवेदनशील र बाँकी तीन हजार तीन सय ४८ लाई सामान्यको सूचीमा राखिएको छ । निर्वाचन आयोगले ४ मंसिरमा हुन लागेको निर्वाचनका लागि देशभर कुल १० हजार आठ सय ९१ स्थायी मतदानस्थल कायम गरेको छ । जिल्लाहरूबाटै आएको रिपोर्टका आधारमा सुरक्षा संवेदनशीलता मूल्यांकन गरेर वर्गीकरण गरिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । करिब सय अस्थायी मतदानस्थल राख्ने आयोगको तयारी छ ।स्थानीय तहको निर्वाचनपछि थपिएका एक सय ३५ मतदानस्थललाई गृहले अति संवेदनशीलमा राखेको छ । यस्ता मतदानस्थलमा न्यूनतम तीन नेपाल प्रहरी र नौ म्यादी प्रहरी खटिनेछन् । झैझगडा हुने सम्भावना भएका, विगतमा बुथ लुटिएका, भारतसँगको सीमाक्षेत्रका तथा अति दुर्गम क्षेत्रका मतदानस्थल अति संवेदनशीलको सूचीमा छन् ।

मतदानस्थलभित्र एकभन्दा धेरै मतदान केन्द्र भएमा दुई प्रहरी र तीन म्यादीको दरले सुरक्षाकर्मी थप्ने गृह मन्त्रालयको सुरक्षा योजना छ । त्यस्तै, संवेदनशील मतदानस्थलमा न्यूनतम तीन प्रहरी र ६ म्यादी तथा सामान्य मतदानस्थलमा तीन प्रहरी र पाँच म्यादी प्रहरी खटिनेछन् । अति संवेदनशील र संवेदनशीलमा जुनियर प्रहरी अधिकृत (वरिष्ठ सइ, सइ र असइ)को नेतृत्वमा सुरक्षाकर्मी खटाइने सुरक्षा योजना बनेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

निर्वाचन कार्यालयले अस्थायी मतदानस्थलको भने अझै टुंगो लगाइसकेको छैन । देशभरिका ७४ कारागार, वृद्धाश्रम तथा धेरै सरकारी कर्मचारी तथा सुरक्षाकर्मीले मतदान गर्ने ठाउँमा अस्थायी मतदानस्थल बनाउन लागिएको छ । कर्मचारी, सुरक्षाकर्मी तथा कैदीबन्दीले यसपटक समानुपातिकतर्फ मतदान गर्न पाउनेछन् । समानुपातिक मतदान मात्र हुने ठाउँमा अस्थायी मतदानस्थल बनाउन लागिएको हो । देशभर एकै चरणमा निर्वाचन हुन लागेकाले जनशक्ति व्यवस्थापनमा नेपाल प्रहरीलाई सकस छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }