शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

३६ हजार स्थायी कर्मचारीको दुर्घटना बिमा


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १४, २०७९
  • 192
    SHARES

काठमाडौ, १४ असोज । संघ सरकारले संघीय निजामती सेवाका ३६ हजार तीन सय १६ कर्मचारीको सामूहिक दुर्घटना बिमा गरेको छ । संघ सरकारमातहतका निकायमा रहेका संघीय निजामती सेवाका तथा संघ सरकारमार्फत कामकाजका लागि प्रदेश र स्थानीय तहमा गएका स्थायी कर्मचारीको एक वर्षका लागि १० लाखको सामूहिक दुर्घटना बिमा गरिएको हो ।

३६ हजार तीन सय १६ कर्मचारीको दुर्घटना बिमा गर्दा सरकारले पाँच करोड २० लाख खर्चेको छ । प्रतिव्यक्ति प्रिमियम रकम एक हजार चार सय ३२ रहेको छ । सबै रकम नेपाल सरकारले तिरेको हो । मन्त्रालयले राष्ट्रिय बिमा कम्पनीसँग सम्झौता गरेर बिमा गरेको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, कर्मचारी कल्याण शाखाका उपसचिव हरिप्रसाद ज्ञवालीका अनुसार वार्षिक बजेटमा उल्लेख भएअनुसार २० भदौ ०८० सम्मका लागि सामूहिक दुर्घटना बिमा गरिएको हो । समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका तथा पछिल्लोपटक ती निकायका लागि नियुक्त भएका कर्मचारीको भने संघ सरकारले बिमा गरेको छैन । ‘हामीले संघका निजामती सेवाका स्थायी कर्मचारीको मात्र बिमा गरेका हौँ, प्रदेश र स्थानीय तहका कर्मचारीको बिमा उनीहरूले गर्नुपर्छ,’ ज्ञवालीले भने ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अघिल्लो आव ०७८÷७९ को बजेट वक्तव्यमार्फत संघीय निजामती सेवाका कर्मचारीको सामूहिक दुर्घटना बिमाको नीति ल्याएका थिए । सोहीअनुसार गत वर्ष ३३ हजार एक सय ३७ कर्मचारीको बिमा गरिएको थियो । तर, बिमा भने पाँच महिना १५ दिनको मात्र थियो, जसको अवधि ६ चैत ०७८ बाट सुरु भएर २० भदौमा सकिएको थियो । ‘गत वर्ष कार्यविधि बनाउन समय लागेको भएर पाँच महिनाको मात्र बिमा भएको थियो, यस वर्ष वार्षिक बजेटसँग तालमेल मिलाउने गरी एक वर्षको बिमा गरेका छौँ,’ ज्ञवालीले भने । तर, सामूहिक दुर्घटना बिमामा आबद्ध कर्मचारीलाई अन्य कुनै बिमामा आबद्ध हुन बाधा पुग्नेछैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }