मङ्लबार, बैशाख ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

फोहाेर फाल्न स्थान पहिचान गर्दै काठमाडौं महानगर


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १४, २०७९
  • 162
    SHARES

काठमाडौ, १४ असोज । महानगरपालिकाले कुहिने फोहाेर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ। सबै किसिमका फोहाेर बन्चरेडाँडा पुर्‍याउँदा पटकपटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारी रूपमा फोहाेरको दीर्घकालीन समाधानका लागि स्थान पहिचानको काममा लागेको महानगरले जनाएको छ।

बन्चरेडाँडामा हानिकारक फोहाेर व्यवस्थापन नगर्ने योजनाअनुरूप महानगरले यस किसिमको अध्ययन सुरु गरेको हो। महानगर प्रमुखको सचिवालयका सदस्य सुनिल लम्सालले भने, ‘उपत्यकामा तीन स्थानको पहिचान भएको छ। बीचमा केही अवरोध नआए आगामी मंसिरदेखि उक्त कामको थालनी हुनेछ। त्यस विषयमा सम्बन्धित स्थानका स्थानीयसँग छलफल भइरहेको छ।’

फोहाेर व्यवस्थापन गर्न एउटा ठाउँमा कम्तीमा करिब ५० रोपनी जग्गा आवश्यक पर्ने बताइएको छ। हाल कामपा र अन्य १७ स्थानीय तहसहित उपत्यकाको १८ स्थानीय तहको फोहाेर अन्तिम व्यवस्थापनका लागि बन्चरेडाँडा लैजाने गरिएको छ। यो नै उपयुक्त विकल्प नभएकाले कुहिने फोहाेरलाई उपत्यकामा नै र नकुहिनेलाई अन्तिम व्यवस्थापनका लागि उक्त स्थानमा लैजान कामपाले स्थान पहिचान गरिरहेको छ।

अन्य सम्भावित स्थानको पहिचान गर्ने कार्य जारी रहेको महानगरले जनाएको छ। हालसम्म उपलब्ध भएका जग्गा ५० रोपनीदेखि एक सय ५० रोपनीसम्म छ। यसअघि विगत १६ वर्षदेखि उपत्यकाको १८ स्थानीय तहको फोहाेर नुवाकोटको सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }