मङ्लबार, चैत्र ६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

चाडपर्वमा विद्युत सेवा प्रवाहमा कमजोरी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १४, २०७९
  • 228
    SHARES

काठमाडौँ, १४ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडवाडको समयमा विद्युत प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छिन् । मन्त्री भुसालले नेपालीका चाडपर्व शुरु हुन लागेको अवस्थामा सम्पूर्ण कर्मचारीहरु तिनका परिवार एवं आम जनताको प्रगतिको कामना पनि गरिन् ।

प्राधिकरणका उच्च तहका कर्मचारीलाई शुक्रवार मन्त्रालयमा शुभकामना दिँदै मन्त्री भुसालले चाडपर्वमा अधिकांश कर्मचारीहरु विदामा बस्ने भए पनि आफूले चाडपर्व मनाउँदै गर्दा आम जनताको हितमा काम गर्न र अभिछिन्न विद्युत सेवा प्रवाह गर्न निर्देशन दिएकी हुन् ।

‘जनतालाई दिने सेवाप्रति कर्तव्यबोध गर्नुपर्छ । जुनसुकै समयमा सेवाको गुणस्तरीयता घट्नु भएन,’ भुसालले भनिन् । उनले थोरै समय विद्युत गयो भने जनतामा निराशा पैदा हुने उल्लेख गर्दै त्यस्तो हुन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरिन् ।

सो अवसरमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरु जस्तोसुकै असहज परिस्थितीमा पनि सेवामा लागिरहेको र यस्ता चाडपर्वका समयमा अझै सक्रियता अपनाउनु पर्ने भएकाले त्यसै अनुसार लाग्न निर्देशन दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }