बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रुसी आक्रमणमा २३ युक्रेनी नागरिकको ज्यान गयो


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १४, २०७९
  • 233
    SHARES

काठमाडौ, १४ असोज । रुसले आफ्नो देशको दक्षिणी जापोरिज्जिया क्षेत्रमा सर्वसाधारण चढेकाे कारहरूमा गोली हानेको युक्रेनले आरोप लगाएको छ । आज शुक्रवार भएकाे आक्रमणमा परि कम्तीमा २३ सर्वसाधारणको ज्यान गएको बताइएको छ ।

यस आक्रमणमा परि २८ सर्वसाधारण घाइते भएका जापोरिज्जिया क्षेत्रीय गभर्नर ओलेक्जेन्डर स्टारुखले बताउनुभएको छ ।

जापोरिज्जिया रुसी कब्जामा रहेको क्षेत्रका क्रेमलिन समर्थक अधिकारीले किएभलाई दोष दिए र आक्रमणको पछाडि रुसी सेनाको हात रहेको अस्वीकार गरेका छन् ।

भ्लादिमिर रोगोभले सामाजिक सञ्जालमा युक्रेनी सेनालाई ‘आतङ्कवादी कार्य’ गरेको आरोप लगाउँदै भने, ‘किएभको शासनले रुसी सेनाले गरेको गोलाबारीलाई जघन्य उत्तेजनाको रूपमा चित्रण गर्ने प्रयास गरिरहेको छ ।’

जापोरिज्जियाका गभर्नरले भने कि रुसी सेनाले ‘क्षेत्रीय केन्द्रबाट बाहिर निस्कने बाटोमा नागरिकमाथि रकेट आक्रमण गरे ।’ ‘मानिसहरू अस्थायीरूपमा कब्जा गरिएको इलाका छोड्न, आफ्ना आफन्तलाई लिन र सहयोग लिन लाइनमा उभिरहेका थिए’, उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }