मङ्लबार, चैत्र ६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता पालना भए नभएको आयोगले अनुगमन गर्ने


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १४, २०७९
  • 168
    SHARES

काठमाडौं, १४ असोज

निर्वाचन आयोगले सामाजिक सञ्जालमार्फत निर्वाचन आचारसंहिता विपरितका काम भए÷नभएको सम्बन्धमा अनुगमन गर्ने भएको छ ।

आयोगले सामाजिक सञ्जाल र डिजिटल मिडियाहरुको अनुगमन गर्ने उद्देश्य राखेर प्रेस अफिसको स्थापना गरेको हो । शुक्रवार निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रेस अफिसको उद्घाटन गर्नुभयो ।

प्रेस अफिसको उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले सो अफिसले सञ्चारमाध्यमको व्यवस्थापन, सहजीकरण तथा सूचना सम्प्रेषणसम्बन्धी विभिन्न कामहरु गर्ने बताउनु भयो ।

त्यस्तै निर्वाचन सँग सम्बन्धित कुराहरुको उत्पादन गर्दै डिजिटल माध्यम र आमसञ्चार माध्यमबाट सम्प्रेषण गरिने पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले सामाजिक सञ्जाल र डिजिटल मिडियामार्फत राजनीतिक दल तथा उम्मेदवारहरुले आचारसंहिता विपरितका क्रियाकलाप गरेको विषयमा पनि प्रेस अफिसमार्फत अनुगमन हुने बताउनु भयो । उहाँले भन्नुभयो – ‘पहिलो काम भनेर हामीले सञ्चार माध्यमको व्यवस्थापन, सहजीकरण तथा सूचना सम्प्रेषणसम्बन्धी विभिन्न कामहरु गर्ने भनेर भनिएको छ । कतिकुरा अन्तर्वार्ता गर्ने, प्रेस सम्मेलन गर्नुप¥यो भनेपनि कुनकुन विषयमा गर्ने ? अनि कुन कुनमा कोको उपस्थित हुने भन्ने सम्मको व्यवस्थापन यसले गर्छ । दोस्रो, सामाजिक सञ्जालमा सम्प्रेषण गरिने सामग्रीहरुको उत्पादन र सम्प्रेषण गर्ने । प्रचारप्रसार डिजिटल माध्यमबाट, आमसञ्चार माध्यमबाट गर्ने भनेका छौँ । तेस्रो, सामाजिक सञ्जाल र डिजिटल मिडियाको केही अनुगमन सम्बन्धी कामहरु गर्छौं र सामाजिक सञ्जालको अनुगमन प्रभावकारी ढंगले अन्य निकायहरुबाट नभएको जस्तो मिडियाको अनुगमन प्रेस काउन्सिलबाट हुन्छ । तर सामाजिक सञ्जालको अनुगमन कहाँबाट कसरी हुन्छ ? भन्ने सन्दर्भमा आयोग आफैँ खट्नुपर्ने अवस्था छ । हामीले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति बनाएका छौँ ।

त्यस्तै गरेर रणनीति पनि तयार गरेका छौँ । विशेष गरेर आचारसंहिता विपरित कुनैपनि क्रियाकलाप, कुनैपनि उम्मेदवार अथवा राजनीतिक दलबाट भइराखेका छन् कि छैनन्, विभिन्न किसिमका राजनीतिक विज्ञापनहरु पनि हुनसक्छन् । त्यो कति भइराखेको छ ? भन्ने विषय पनि हामीले यसको माध्यमबाट हेर्छौं । चौथो, सञ्चारमाध्यमहरुमा के–कस्ता सामग्रीहरु गइराखेका छन् ? कसरी प्रकाशन, प्रशारण भइराखेका छन् ? त्यहाँ नागरिकहरुको समान पहुँच पुगेको छ कि छैन ? लगायतका विषयवस्तु हेर्नुको अतिरिक्त राजनीतिक दलहरुबाट, उम्मेदवारहरुबाट हुने सूचना पनि कसरी प्रकाशन भइराखेको छ ? सबै उम्मेदवारलाई समान किसिमको अवसर, पहुँच दिनुहोस् भनेर हामी सञ्चार माध्यमलाई पनि भन्छौँ । त्यो स्थिति छ कि छैन भनेर हेर्ने काम गर्छौ ।’

आयोगले हरेक दिनको गतिविधि समेटेर साँझ ६ बजेभित्र ईबुलेटिन प्रकाशन गर्ने पनि उहाँले जानकारी दिनुभयो । प्रमुख आयुक्त थपलियाले आयोगमा प्रवक्तासँगै थप ३ जना सहायक प्रवक्ता पनि बनाएको र विषयवस्तु हेरेर सहायक प्रवक्ताहरुसँग पनि सूचना लिन सकिने बताउनु भयो । प्रेस अफिसमा आयोगका प्रवक्ताको नेतृत्वमा २७ जना विभिन्न क्षेत्रका कर्मचारीहरु रहने उहाँले उल्लेख गर्नुभयो । उहाँले ३ जना विभिन्न क्षेत्रका विज्ञहरुलाई पनि नियुक्त गरिएको जानकारी दिनुभयो ।

प्रमुख आयुक्त थपलियाले आयोगले आमसञ्चार माध्यमहरुको अनुगमन नगर्ने स्पष्ट पार्नुभयो । आयोगले आमसञ्चार माध्यमको अनुगमन गर्ने धृष्टता कहिल्यै नगर्ने उहाँको भनाइ छ । उहाँले कस्ता विषयवस्तुहरु गइराखेका छन् र सो विषयवस्तुहरुले निर्वाचन व्यवस्थापनमा कत्तिको सहजीकरण भएको छ भन्नाका लागि आन्तरिक रुपमा विश्लेषण गर्ने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘यहाँ यदाकदा मैले सुनेको छु, कहाँ आमसञ्चार माध्यमको पो अनुगमन गर्न शुरु गरेछ आयोगले भनेर । हामीले त्यस्तो धृष्टता कहिल्यै गर्दैनौँ । तपाईहरु यसमा ढुक्क हुनुभए हुन्छ । मलाई त के लाग्छ भने आमसञ्चार माध्यमको अनुगमन भनेको अरु कसैले गर्ने होइन, स्वयम आमसञ्चार माध्यमले नै गर्ने हो । तपाइले प्रवाह गरेको कुनै पनि विषयवस्तु कस्तो भइराखेको छ भनेर तपाईहरु आफैँले अनुगमन गरिरहनु भएको हुन्छ । तपाईको पाठकले गरिराखेको हुन्छ ।
त्यो नै सबैभन्दा गतिलो अनुगमन हो भन्ने हामीलाई लाग्दछ । हामीले कम्तिमा कस्ता कन्टेन्टहरु गइराखेका छन्, र ति कन्टेन्टहरुबाट समग्रमा निर्वाचनको व्यवस्थापनलाई कत्तिको सहजीकरण भएको छ भनेर सामान्य विश्लेषण गर्ने आन्तरिक रुपमा त्यो कार्य निर्वाचन आयोगले गर्दछ ।’
उहाँले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको निम्ति आमसञ्चार माध्यमको अत्यन्त महत्वपूर्ण भुमिका रहने भन्दै पत्रकार आचारसंहिता २०७३ का प्रावधानहरुलाई निर्वाचनमा प्रयोग गर्न आग्रह पनि गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }