मङ्लबार, चैत्र ६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

युद्धको संस्मरण र शान्तिको प्रेरणा (घाउ आँफैँलाई दुख्छ बाट)


  • गोपी मैनाली
  • शुक्रबार, अशोज १४, २०७९
  • 470
    SHARES

युद्धको संस्मरण र शान्तिको प्रेरणा

हिरोशिमा सहरको मध्यभागमा अवस्थित होटल सनरुटको सातौं तलाको कोठा नं.३७२९ को ठूलो झ्यालबाट शान्ति सङ्ग्रहालय, शान्ति स्मारक र एटोमेकि डोम स्पष्ट देख्न सकिन्छ । म तीन दिनका लागि यही कोठामा रहेर हिरोशिमाको अवलोकन गर्दैछु । मनभरि कौतुहल छ हिरोशिमाको विषयमा, सोचेको थिएँ, यो सहर पक्कै पनि टोकियोनजिक हुनुपर्छ तर वास्तविकता त्यसो होइन रहेछ, राजधानी टोकियोबाट शिन्कानसेन (बुलेट ट्रेन) बाट पनि झन्डै एकदिनको यात्रा पार गरी हामीहरू यहाँ आइपुगेका छौं ।

हामीहरू सबै हिरोशिमाको एटोमिक बम डोम अवलोकनका लागि अधीर भएका छौ, जापानी साथीहरू भने कसरी यात्रालाई रोमाञ्चक बनाउन सकिन्छ, कसरी हिरोशिमाका विषयमा हामीहरूलाई बढी जानकारी दिन सकिन्छ भनेर योजनामा व्यस्त छन् । यात्राका हामी १९ जना विदेशीलाई तीनजना जापानी प्रोफेसर र तीनजना सरकारी अधिकृतले लियाजो गर्ने कार्यक्रम तय भएको छ । बिहान सात बजेको कलिलो सूर्यकिरणमै मैले डिजिटल क्यामेराबाट केही दृश्य कैद गरँें । दिउँसो विस्तृत रुपमा अवलोकन गर्नु नै छ ।

सबैजना पहिला हामी नेशनल इन्स्टिच्युट अफ ब्रुअरी (एनआरबी) को कार्यप्रणालीको अवलोकन गर्न हिरोशिमाको पहाडी सहरमा पुग्छौ । बाटोभरि नेपालको गाउँ, छहरा र हरियाली दर्साउने दृश्यले मेरो मन बहलायो । ब्रुअरी अनुसन्धान केन्द्र, हिरोशिमा विश्वविद्यालय र जाइका तालिम केन्द्र एकान्त र खुला ठाउँमा राखिएको छ । यो पहाडी दृश्य म सानो हँुदा यदाकदा गोठालो जाने घाँसे पाखोजस्तै तर केही रसिलो जङ्गलमिश्रित बस्ती हो । विश्वविद्यालय नपुग्दै पहाडको बीचतिर विशाल सिनमेवा कम्पनी पनि छ । सिनमेवाले मोटर र युद्ध सामग्री उत्पादन गर्दछ ।

दस बजे हामीहरू एनआरबीमा पुग्छौं । अनुसन्धान केन्द्रका अध्यक्ष ताकाहासी सान हाम्रो स्वागतका लागि कतिबेरदेखि बाहिर तयार रहेछन् । हामीहरूबीच कोनिचिवाको आदानप्रदानपछि उनले संस्थाको विषयमा जानकारी दिँदै केन्द्रको अवलोकन गराए ।

एनआरबी सन् १९०४ देखि साके र अरू अल्कोहलजन्य वस्तुको अनुसन्धानमा संलग्न रहेको अर्थ मन्त्रालयअन्तर्गतको संस्था हो । यस वर्ष संस्थाले शतवार्षिकी पनि मनाएको छ । जापानको अर्थतन्त्रमा साकेले तिर्ने कर (राजस्वको करिब तीन प्रतिशत) ले निकै महङ्खव राखेको छ । अधिराज्यभर करिब दुई हजार साके उत्पादन केन्द्र छन्, हजारौं युवाले रोजगारी पाएका छन् । त्यसैले यस संस्थाले साके लगायतका अल्कोहलजन्य पदार्थको उत्पादनदेखि गुणस्तर नियन्त्रण, वातावरण संरक्षण, प्रविधि विस्तार र अनुसन्धानसम्मका विषयलाई समेट्दै आएको छ । बाह्य मुलुकमा साकेको बजार विस्तार गर्ने रणनीतिक योजना पनि तयार गरिएको छ ।

होटेल सनरुट फर्केपछि हामीहरू लन्चका लागि ससानो समूहमा छरियौं । तान्जानियाली फेलिक्स लेमा र म एउटा रेस्टुराँमा पस्याँैं । उसलाई सुप र नुडल्स मन पर्ने, त्यही लियो । मैले भने फ्राइड राइस र सलाद लिएँ । उसको पनि बिल मैले नै भुक्तानी गरिदिएँ । यस कुराले लेमा आश्चर्यमा प¥यो । अर्को साथीको रकम भुक्तानी गर्ने संस्कार नेपाल भारतबाहेक अन्यत्र कहाँ छ र आश्चर्य नमानोस् ।

यसपछिको पालो आणविक बम विस्फोटबाट क्षतविक्षत भूभागको सम्झनास्वरूप बनेका पिस पार्क, शान्ति सङ्ग्रहालय र एटोमिक डोम अवलोकनको हो । हामी सबै अधीर छौं । सर्वप्रथम एटोमिक डोम हेर्न जम्मा भयौं । एउटा जीर्ण भवनलाई त्यही बेलाको अवस्थामा संरक्षण गरेर राखिएको छ । बमवार्डअगि यस स्थानमा सयौं भव्य महल थिए रे ! हिरोशिमा प्रमुख सैनिक केन्द्र थियो दोस्रो विश्वयुद्धअगि । साथै यस भवनमा त्यस समयको सैनिक सूचना केन्द्र थियो रे ! अगष्ट ६, १९४५ को बिहान ८ः१५ बजे अमेरिकाले ११ मिटर माथिबाट खसालेको आणविक बम (लिटिल ब्वाइ) साढे १३ कि. मि. को परिधिमा फैलिएपछि हिरोशिमा सहर क्षणमै ध्वस्त भई आगोको लप्का र धुँवाको मुस्लोमा परिणत भएथ्यो रे !

दुई लाख ५० हजार मानिसको ज्यान गयो र तीन लाखजति मानिस मानसिक वा शारीरिक रूपमा पीडित भएथे रे तर प्रमुख सूचना केन्द्र रहेको यो भवन खण्डहरका रूपमा बाँकी नै छ, जसलाई एटोमिक डोम नामक शान्ति स्मारकका रुपमा संरक्षण गरी शान्तिको संस्मरण गरिँदै आएको छ । संसारका भवनमध्ये सबैभन्दा प्रचार भएको यस भवन करोडौंका क्यामरामा अर्बौंपटक कैद भइसकेको छ भने यसका अर्बौं तस्बिर विश्वका कुनाकुनामा, मानिसका मनमनमा फैलिसकेका छन् । यतिमात्र होइन– उसले आनो खण्डहर अनुहार बेचेर पनि जापानी अर्थतन्त्र विकासमा उल्लेख्य योगदान गर्दै आएको छ । त्यसैले यो भवन जापानी पहिचान र अर्थतन्त्रको पनि धरोहर हो । हिजो शक्ति र सामथ्र्यको धरोहर, अहिले शान्ति र पहिचानको धरोहर । जसरी पनि जापान जमेकै छ ।

एटोमिक डोमको सिधा पारेर वास्तुविद् प्रो.केन्जो टाङ्गेको डिजाइनमा शान्तिदीप प्रज्ज्वलन स्थल निर्माण गरिएको छ । केन्जो टाङ्गेको नाम लुम्बिनी गुरुयोजनाको डिजाइनकर्ता भएकाले पनि परिचितजस्तो लागेको छ । मैले सबैभन्दा पहिला सुनेको सायद यही हुनुपर्छ । युद्धमा वीरगति प्राप्त गरेका र अमेरिकी सैनिकले अगस्ट ६ मा प्रहार गरेको लिटिल ब्वाइका कारणबाट ज्यान गुमाएका व्यक्तिको सम्झनामा यो शान्तिदीप सधैं बलिरहेको छ । प्रो.टाङ्गेले प्रारम्भिक शिक्षा हिरोशिमामा लिएकाले यस सहरसँग उनको भावनात्मक सम्बन्ध पनि रहेको छ । ठाउँठाउँमा उनका वास्तुसिर्जना रहेका छन् । यो शान्तिदीप उनको वास्तुसिर्जनाको अर्को अनुपम नमुना पनि हो ।

असङ्ख्य जापानी विद्यार्थी शान्ति स्मारक, शान्तिदीप र शान्ति सङ्ग्रहालय एवं एटोमिक डोम हेर्न आइरहने गर्दछन् । हामीहरूलाई पनि तिमी शान्ति चाहन्छौ कि युद्ध, युद्ध किन खराब छ भनेर विद्यालयका बालबालिकाले प्रशस्त प्रश्न गरे र हाम्रो हस्ताक्षर संकलन गरे । हामीसँगको फोटो तिनीहरूले आनो क्यामेरामा कैद गरे ।

केही क्षणको अवलोकनपछि हामी शान्ति सङ्ग्रहालयमा पुग्छौं । अगष्ट ६ मा बचेखुचेका सामान, स्मरणका वस्तु, युद्धबाट क्षतविक्षत मानिस र घरको तस्बिर लस्करै राखिएको छ । प्रत्येक कोठामा कम्प्युटरले बम खसालेको दृश्य, कोलाहल, मडारिएका मसरुम क्लाउड, मानिसका क्षतविक्षत लाश र जलिरहेको सहरका दृश्य देखाइरहेको छ । संसारका प्रमुख भाषाको सुइच थिचेर त्यही भाषामा यस घटनाको ििभडयो पनि हेर्न सकिन्छ । हेर्दा हेर्दै ती दृश्यले मन बिझाउन थाल्यो । मन भक्कानियोे र युद्धप्रति घृणा, युद्ध सञ्चालकप्रति घृणा एवं आक्रोश जाग्न थाल्यो ।

हेर्ने क्रममा एउटा यस्तो कोठामा पुगियो– जहाँ संसारभरिका विख्यात नेता र महापुरुषले हिरोशिमा नरसंहारप्रति दुख र सहानुभूति देखाएर जापानका सम्राट्लाई लेखेका हस्तक्षरसहितका पत्र संकलित छन् । त्यहाँ स्वयम् युद्ध सञ्चालक नेताहरूले लेखेका संवेदना सन्देश पनि जस्ताको तस्तै सजाइएका छन् । भारतीय प्रधानमन्त्री पं. जवाहरलाल नेहरूको पत्रलाई स्वहस्तमा सजाइएको ठूलो फ्रेम आद्योेपान्त पढें । त्यसपछि मेरा आँखा मेरो देशका नेता, मन्त्री, प्रधानमन्त्री, राजा, श्री ३ का सन्देश खोज्न अगि बढे । धेरैबेर नियालेंँ तर भेटिएन । मन एकतमासले निराश भयो ।

मनमा विभिन्न कुरा खेलाउँदै युद्ध चित्रहरू अवलोकनमा पुनः व्यस्त भएँ । च्यातिएका कपडाका टुक्रा, आधा जलेको नोट, जीर्ण टोपी, फुटेको इँट्टा, आधा फुटेको हेल्मेट, भाँचिएको बन्दुक आदि सामग्री भित्ताभरि सजाएर राखिएका छन् । शान्ति सङ्ग्रहालय नियालिसकेपछि बरन्डामा विश्वविख्यात व्यक्तिले युद्धका विषयमा जापानप्रति सहानुभूति दर्साइएको अर्को आगन्तुक पुस्तिकामा आँखा अडिए । भारतका राष्ट्रपति, उपराष्ट्रपति, मदर टेरेसा, जर्मनीका चान्सलर हेल्मुट स्मिथ, संयुक्त राष्ट्रसङ्घका महासचिव, राष्ट्रपति लेक वालेसा, वालाक हावेललगायत थुप्रै राजनेता र विख्यात खेलाडी, विख्यात पियानो वादक, विख्यात गायक, विख्यात अभिनेता–अभिनेत्री, विख्यात सञ्चाकर्मी र साहित्यकारलगायतको हस्ताक्षर भेटिए तर मेरा आँखाले मेरै देशका कुनै महान्ुभावको स्वहस्त भेट्न सकेनन् ।

म दिक्दार भएको मसँगै रहेको जापानी साथी केइजी नाकायामालाई थाहा भएछ । उसले धेरैबेरसम्म खोजेर तिम्रो देशको प्रधानमन्त्रीको स्वहस्ताक्षर पनि छ भन्दै ठूलो स्मारिका मतिर तेस्र्यायो । सन् १९९६ को नोभेम्बर ६ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एक पृष्ठको सहानुभूति सन्देश आनै हातले भरेका रहेछन् । मेरो मन केही भए पनि हलुका भयो ।

शान्ति सङ्ग्रहालयको अवलोकनपछि हामी सबै यसै भवनको भूमिगत तलामा ओर्लियौं जहाँ हाम्रा लागि आधा घण्टाको ििभडयो डकुमेन्ट्री देखाउने कार्यक्रम थियो । ‘हिरोशिमा ः एक आमाको पुकार’ नाम दिइएको वृत्तचित्र । एउटी बुढी आमा शान्ति स्तूप नजिक आएर आना सन्तानका नाममा एक थुँगा फूल राख्दै दुई थोपा मोटा आँसु झारेर बिदा भइन् । उनले केही सन्तान गुमाएकी रहिछन् अगस्ट ६ को बिहानीमा । सायद उनीमात्र बाँचेकी छन् त्यस नरसंहारबाट । त्यसपछि देखाइयो पाँच सय वर्षअगि बनेको भव्य सहरमाथि लिटिल ब्वाइ प्रहार, निमेषमै कोलाहल, आगोको लप्का, धुँवाको मुस्लो, नरकङ्काल, विकिरणले विकलाङ्ग भएका मानिस, खण्डहर सहर… ।

सहर छेउछाउका सबै विद्यालय अस्पताल बनेको दृश्य, आँखा डढेका मानिस जसको न कल्पना गर्न सकिन्छ न त शब्दमा उतार्न नै । दृश्य हेर्न नसकेर मेरो मन भक्कानिएछ, आँखा रसाउँछन् र एकैसाथ दुई कुरा सोच्न पुगेंछु — किन जापानीहरू संसारमाथि आक्रमण गर्न पुगे ? नसक्ने युद्धमा किन होमिए ? दोस्रो अमेरिकाले किन त्यो नरसंहार ग¥यो ? तेस्रोतर्फ मन बाङ्गियो, किन जापानीहरू त्यस दिनदेखि आजसम्म अमेरिकालाई अन्धभक्त बनेर मन पराइरहेछन् ? के जापानको उन्माद र घमण्ड अगस्ट ६ मा नै सकियो ? वा जापान बिस्तारै विश्वको प्रमुख शक्ति बनेर पुनः अमेरिकालाई परास्त गर्ने सुषुप्त मनोयोजनामा छ ? जे होस्– जापानले विश्वका विपन्नतम मुलुकमा मानवीय सहयोग दिएर पनि आधा विश्वको मन जितिसकेको छ । यो पनि युद्धहारबाट क्षतिपूर्ति लिने रणनीतिको भाग त होइन ?

जे होस्– प्रत्येक वर्ष अगस्ट ६ मा जापानीहरू अमेरिकाप्रति आक्रोशित होलान् । सन् २००५ लिटिल ब्वाइ प्रहारको साठीयौं दुखद वार्षिक समारोह विशेष रुपले मनाउलान् । प्रधानमन्त्री कोइजुमी जापानी जनताप्रति प्रिय भएकाले अगस्ट शान्ति भेलाले विशेष महङ्खव पाउला नै । जे होस्– यसखाले संस्मरणले पुनः महासमरको नरसंहार नगर्न युद्ध उन्मादी शक्तिलाई चेतना दिनेछ । शान्तिप्रिय संस्थाहरूले शक्ति राष्ट्रलाई शान्तिमाथि लगानी गर्न थप दबाव पनि दिनेछन् । जापानले गरिब मुलुकमाथि गरेको मानवीय सहयोग आखिर शान्तिमाथिको लागानी त हो नि !

-गोपी मैनाली 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }