शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

रुसको धम्कीबाट डराउदैनौँ : अमेरिका


  • माउन्टेन खबर
  • शनिबार, अशोज १५, २०७९
  • 272
    SHARES

न्युयोर्क, १५ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसको लापरबाही धम्कीबाट नडराउने चेतावनी दिएका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार ओगटेको क्षेत्रलाई रुसमा गाभेको घोषणापछि बाइडेनको चेतावनी आएको हो । पुटिनले नयाँ कब्जा गरिएका क्षेत्रहरूको रक्षा गर्न आणविक हतियारहरू प्रयोग गर्ने धम्की दिएका थिए ।

उनले ती क्षेत्रहरू “सदाका लागि“ रूसको हिस्सा हुने घोषणा गरे। नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले विलयलाई “युद्ध सुरु भएयताकै सबैभन्दा गम्भीर खतरा “ भनेका छन् । एक भाषणमा, रूसी नेताले दावी गरे कि खेर्सन, जापोरिझ्झिया, लुहान्स्क र दोनेत्स्कका नागरिकहरूले ‘आफ्ना जनता, आफ्नो मातृभूमि’ सँग मतदान गरेका बताए ।

उनले हालैका दिनहरूमा विभिन्न क्षेत्रहरूमा आयोजित तथाकथित जनमत संग्रहलाई संकेत गरेका थिए । तर, युक्रेन र पश्चिमी सरकारहरूले मतदानलाई झुटो भनी निन्दा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }