शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सार्कका निर्वाचन आयुक्तहरूलाई पर्यवेक्षणका लागि निम्तो


  • माउन्टेन खबर
  • सोमवार, अशोज १७, २०७९
  • 172
    SHARES

काठमाडौं, १७ असोज । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पर्यवेक्षणका लागि सार्क मुलुकका प्रमुख निर्वाचन आयुक्तहरुलाई निम्तो गरेको छ । अफगानिस्तान भने यो सूचीमा छैन ।

‘निर्वाचन आयोगले गरेको कामकारबाहीको पर्यवेक्षणका लागि आयोगले परराष्ट्र मन्त्रालयमार्फत उहाँहरुलाई आमन्त्रण गरेको हो’, निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले भने, ‘कतिपय सार्क मुलुकहरुका निर्वाचन आयोगले निर्वाचनका बेलामा अरु सार्क सदस्य मुलुकका निर्वाचन आयोगमा निम्तो पठाउने प्रचलन छ, त्यसै अनुसार हामीले आमन्त्रण गरेका हौं ।’

निर्वाचन आयोगका एक आयुक्तका अनुसार, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्समा निम्तो पठाइए पनि अफगानिस्थानमा भने निर्वाचन आयोगले कुनै पत्राचार गरेन ।

परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सल्लाह अनुसार, तालिबानको सरकार रहेको र आधारभूत लोकतान्त्रिक मूल्यमान्यता समेत नभएका कारण अफगानिस्थानमा निम्तो नपठाउन नै सल्लाह आएको हो ।

निमन्त्रणा अनुसार, सम्बन्धित मुलुकहरूले प्रमुख निर्वाचन आयुक्त वा उनले तोकेको निर्वाचन आयुक्तको नेतृत्वको टोली नै पठाउने प्रचलन छ । उनीहरु काठमाडौं वा वरपरका ठाँउको पर्यवेक्षण गरेर र्फकनेछन् । उनीहरु नेपालमा रहँदा र बस्दा निर्वाचन आयोगले नै आतिथ्यलगायत बसोबासको बन्दोबस्त गर्नेछ ।

निर्वाचन आयोगले ४ मंसिरमा हुने निर्वाचनका लागि ४३ वटा संस्थाहरूलाई पर्यवेक्षणको अनुमतिसमेत दिएको छ । तीमध्ये ३५ वटा राष्ट्रिय संघसंस्था हुन् । दुईवटा अन्तर्राष्ट्रिय संस्था छन् भने बाँकी विभिन्न प्रकृतिका संस्थाहरु छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }