शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मनास्लु हिमालमा पुनः हिमपहिरो, एकजनाको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, अशोज १७, २०७९
  • 239
    SHARES

गाेर्खा, १७ असोज । उत्तरी गोर्खाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरो जाँदा एकजनाको मृत्यु भएको छ ।

आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिराेमा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरोमा परेका चारमध्ये तीन जना भने तत्काल नै सम्पर्कमा आएका थिए । पहिरोमा परेका शेर्पा सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको थियो । घटनालगत्तै बेपत्ता शेर्पाको खोजी गर्ने क्रममा मृतावस्थामा भेटिएको उहाँले बताउनुभयो ।

मृतक शेर्पाको शव सिम्रिक एयरको हेलिकप्टरमार्फत उद्धार गरी आधार शिविरबाट सामागाउँमा ल्याएर मुचुल्का उठाइ शवपरीक्षणका लागि काठमाण्डौको शिक्षण अस्पताल पठाइएको एसपी खनालले जानकारी दिनुभयो । मृतकको शव परीक्षणपछि आफन्तलाई बुझाइने गाेर्खा प्रहरीले जनाएको छ । आइतवार बिहान पनि दोस्रो आधार शिविरमा हिमपहिरो गएको थियो ।

यसअघि गएको सोमवार पनि मनास्लु हिमालको तेस्रो आधार शिविरमा हिमपहिरो गएको थियो । त्यस हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । सोमवार गएको हिमपहिरोमा सङ्खुवासभाका अनुप राई र विश्व विख्यात अमेरिकी स्की आरोही हिलारी नेल्सनको स्की गर्ने क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }