बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बन्दसूचीमा रहेका २९ जनाबाट नाम फिर्ताका लागि निवेदन


  • माउन्टेन खबर
  • सोमवार, अशोज १७, २०७९
  • 200
    SHARES

काठमाडौँ – विभिन्न राजनीतिक दलका २९ जनाले समानुपातिक तर्फको बन्दसूचीबाट आफ्नो नाम फिर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उनीहरुले दिएको निवेदनपछि आयोगले सम्बन्धित दलहरुलाई पनि यसको जानकारी गराएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ पार्टीले बन्दसूचीमा राखेका उनीहरुले आफ्नो नाम फिर्ताका लागि निवेदन दिएका हुन् ।

प्रतिनिधि सभा सदस्यतर्फको समानुपातिक बन्दसूचीबाट ९ जना र प्रदेशसभातर्फ २० उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिएको आयोगले जनाएको छ ।

उनीहरुले आयोगमै आएर समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिन निवेदन दिएको उनले जानकारी दिए ।

यसरी निवेदन दिनेमा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसबाट ४, जनता समाजवादी पार्टी (जसपा)का ३, नेकपा माओवादी केन्द्रका १ र नेकपा एकीकृत समाजवादीका १ जना रहेका छन् भने प्रदेश १ का ६ जना, मधेश प्रदेशका २, बागमती प्रदेशका १०, गण्डकी र लुम्बिनीका १र१ जना रहेका छन् ।

उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आयोगले आज सोमबार १२ बजेसम्मको समय दिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }