शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भद्रकालीमा सवारी पूजा गर्नेको भीड


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १८, २०७९
  • 208
    SHARES

काठमाडौं – काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ ।

बडा दशैँ अन्तर्गत आज महानवमीको अवसरमा शस्त्रअस्त्र तथा औजारहरु र अटो शोरुम, अटो वर्कशप तथा आफ्ना निजी सवारीहरु पूजा गर्नु अगाडि धोई,पखाली गाडी सर्भिसिङ गरिन्छ ।

महानवमीको अवसरमा आज बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारी साधनले आफूलाई सधैं साथ दिने, नबिग्रने आशाका साथ सवारीको पूजा गर्ने गरिएको हो ।

आजको दिन विशेषतः अटो शोरुमहरुले पनि आफ्ना अटोमोबाइल्स प्रोडक्टहरुको विशेष पूजाअर्चना गर्छन् । विधिवत रुपमा गरिने यो पूजालाई विशेष महत्वका रुपमा लिइन्छ ।

नवरात्रको महाअष्टमी÷नवमीमा औजारहरुको पूजा गरेमा औजारहरु वा साधनहरु धेरै समय टिक्ने, आफूलाई नाफाउन्मुख गराउने जस्ता विश्वास राखेर विशेष पूजा गर्ने प्रचलन रही आएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }