शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रत्यक्षतर्फको उम्मेदवारका लागि कांग्रेसले बनायो मापदण्ड


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १८, २०७९
  • 216
    SHARES

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन २०७९ को प्रत्यक्षतर्फका उम्मेदवार चयनको मापदण्ड तय गरेको छ।

सोमबार बसेको कार्यसम्पादन समितिले उक्त मापदण्ड तय गरेको कांग्रेस कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उम्मेदवार चयन गर्दा व्यक्तित्व र लोकप्रियतालाई प्रथमिकतामा राख्ने बताइएको छ।

‘उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको सम्भावना समेतलाई आधार बनाइनेछ,’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको उम्मेदवार नबनाउने कांग्रेस कार्यसम्पादन समितिले निर्णय गरेको छ।

यस्तै, कांग्रेसले स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लंघन गरेका र कारबाहीको प्रक्रियामा रहेका, कुनै पनि कारणवस निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंसिर ४ को निर्वाचनमा पार्टीमा सक्रिय भएर पार्टीको विजय अभियानमा सहभागी हुन अपिल गरेको छ।

निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन पार्टीपंक्ति सम्पूर्ण रुपले एकतावद्ध र अनुशासनका साथ दृढ ढंगले परिचालित हुने निर्णय पनि कांग्रेसले गरेको विज्ञप्तिमा बताइएको छ।

प्रेस विज्ञप्ति

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा आज बस्यो । महामन्त्री श्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्तावहरु प्रस्तुत गर्नु भएको थियो । बैठकले सर्वसम्मतिले निम्न प्रस्तावहरु पारित गरेको छ ।
प्रस्तावहरु
१  विजया दशमी लगायत हाम्रो घर आगनमा आइपुगेका सबै चाडपर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त नेपाली दिदीबहिनी दाजुभाइमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक शुभकामना व्यक्त गर्दछ ।

२ असोज ३ मा निर्वाचन आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूचीमा संसदीय समिति एवं कार्यसम्पादन समितिले सभापतिलाई अधिकार प्रत्यायोजन गरे बमोजिम सभापतिले नेतृत्व पंक्तिको परामर्श,  सुझाव र सहमतिमा केही नाम हेरफेर गरेर असोज १५ गते बुझाए पश्चात् बसेको यो बैठक प्रतिनिधिसभा एवं प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने निर्णय गर्दछ । 

३  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ को पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारको चयनका लागि देहाय बमोजिमको आधार र मापदण्ड तय गरिएको छ ।

क उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधान बमोजिम उम्मेदवारको लागि भएको सिफारिश, व्यक्तिगत योग्यता, नैतिकता, कार्य क्षमता, लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान, सामाजिक भुमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको संभावना समेतलाई आधार बनाइनेछ ।

ख  हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको उम्मेदवार नबनाउने ।

४ स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लंघन गरेका र कारवाहीको प्रकृयामा रहेका, कुनै पनि कारणवस निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मंसीर ४ को निर्वाचनमा पार्टीमा पूर्ववत सकृय भएर पार्टीको विजय अभियानमा सहभागी हुन यो बैठक अपील गर्दछ । आगामी निर्वाचनमा पार्टीका एवं गठबन्धनका उम्मेदवारलाई विजय गराउन ब्यक्तिले निभाउने भूमिकाको आधारमा त्यस्ता सदस्यहरु उपरको कारवाहीको प्रकृयालाई तदनुकुल गर्ने गरी टुंगो गर्ने निर्णय यो बैठक गर्दछ ।

५ निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउन पार्टीपंक्ति सम्पूर्ण रुपले एकतावद्ध र अनुशासनका साथ दृढ ढंगले परिचालित हुने निर्णय यो बैठक गर्दछ । 

केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक २०७९ असोज २० गते विहान ९ बजे बस्नेछ ।  

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }