शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रपति भण्डारीद्वारा नव कन्याको पूजाआराधना


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज १८, २०७९
  • 249
    SHARES

 

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको नवौं दिन महानवमीमा नव कन्याको पूजा आराधाना गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएर वैदिक विधि अनुसार नेपाल बाल मन्दिरमा नौं जना कन्याहरुलाई दक्षिणसहित टीका लगाएर नव दूर्गादेवीको पूजा आराधना गर्नु भएको हो । यसैक्रममा उहाँले ती कन्याहरुलाई लत्ताकपडा समेत उपहार दिनु भएको थियो । कन्याहरुलाई दुबोले गोडा धुनेक्रममा राष्ट्रपति भण्डारीले बेलुका सुत्नुअघि सधैं खुट्टा धोएर सुत्नु पनि आग्रह गर्नु भएको थियो ।

त्यस अवसरमा ‘रातो टीका निधारमा…’ र ‘फेरी कहाँ आउँछ घुमेर बालपनको उमेर’ बोलको गीतमा कन्याहरुले सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने राष्ट्रपति भण्डारीले त्यसलाई रुचिपूर्वक अवलोकन गर्नु भएको थियो ।

 

कार्यक्रममा राष्ट्रपति भण्डारीले ती कन्याहरुसँग सामूहिक तस्वीर समेत खिचाउनु भएको थियो । उहाँले गत वर्ष पनि वडा दशैंको महानवमीको दिन नौं जना कन्याहरुलाई बोलाएर नव दुर्गा देवीको पूजा आराधना गर्नु भएको थियो ।

भोली (बुधबार) बडा दशैंको दशौं दिन विजया दशमी पर्व मनाईदैछ । यस बर्ष बडा दशैंको टीकाको साईत बिहान ११ बजेर ५१ मिनेटमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }