शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दुई दिन देखी देशका विभिन्न भू–भागमा वर्षा, सनिबार सम्म्म वर्षा हुने


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २०, २०७९
  • 150
    SHARES

काठमाडौं ,२० असोज

दुई दिन देखीकाठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भागमा नै वर्षा भइरहेको छ ।

देशको पश्चिमी भागमा भारी मात्रामा वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेकाले आज पनि दिनभर देशैभर हल्का तथा मध्यम वर्षा हुने अनुमान छ ।

आज प्रदेश नं १, मधेश प्रदेश गण्डकी तथा बागमती र लुम्बिनी प्रदेशमा बदली भै रहेको छ । यसैगरी सुदूरपश्चिम प्रदेश र कर्णाली मा भारी वर्षा हुनेछ भने अन्य प्रदेशमा हल्कादेखि मध्य वर्षा भइरहेको छ ।

वरिष्ठ मौसमविद् मञ्जु मासीका यो प्रक्रिया अझै २/३ दिन रहने रहन्छ । यो वर्षाले पश्चिममा बाढी पहिरो, खेतीपातीमा क्षति हुने समेत सम्भावना छ । उहाँका अनुसार पूर्व र मध्यम भागमा सामान्य पानी पर्नेछ भने पश्चिममा भारी वर्षाले क्षति हुने पनि सम्भावना देखिएको छ । उहाँले भन्नुभयो ‘यो समय धान भित्राउने समय पनि हो तर झरीक कारण सनिबार पछि मात्र धान काट्दा उपयुक्त हुन्छ ।’

वर्षाका कारण विजया दशमीका दिन मानिसहरुलाई टीकाका लागि आवतजावत गर्न तथा आफन्त भेटघाट गर्न कठिनाइ भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }