मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मेडिकल परीक्षणका लागि सन्दीपलाई लगियो अस्पताल


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २०, २०७९
  • 160
    SHARES

काठमाडौं, २० असोज । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई मेडिकल परीक्षणका लागि अस्पताल लगिएको छ ।

सन्दीपको मेडिकल परीक्षणका लागि अस्पताल लगिएको उनका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर सन्दीपलाई प्रहरी वृत्त गौशाला लगेको थियो । त्यहाँबाट अस्पताल लगिएको र आफूले भेट्न नपाएको अधिवक्ता घिमिरेले जानकारी दिए ।

‘सन्दीपजीले आत्मसमर्पण गरिहाल्नुभयो । मेरो उपस्थतितिमा आफूलाई बुझाउने अनुरोध गर्नुभएको थियो । मलाई इमेल गर्नुभएको थियो । तर म यहाँ आइपुग्दाखेरि प्रहरी टोली एयरपोर्टमा पुगिसक्नुभएको रहेछ,’ उनले भने ।

आफूलाई प्रहरी वृत्तमा नै भेट्नू एयरपोर्ट जान सम्भव छैन भनेर प्रहरीले भनेको तर भेट्न नपाएको घिमिरेको भनाइ छ । ‘भेट्न खोज्दा निवेदन दिनुपर्छ भन्नुभयो । उहाँहरूले नियन्त्रणमा लिएर मेडिकलका लागि लिएर जानुभएको छ । मेडिकलमा २ घण्टाजति समय लाग्छ भन्नुभएको छ,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }