
धनगढी, २० असोज । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा गृह प्रदेशस्थित धनगढी जाँदैछन् । देउवा भोलि बिहान धनगढी पुग्ने बताइएको छ।
काँग्रेस कैलालीका सचिव केशब मिश्रका अनुसार देउवा भोलि बिहान ९ बजे वुद्ध एयरको विमानबाट धनगढी विमानस्थलमा ओर्लिने छन्। पार्टीको कामले उनी धनगढी जान लागेको जनाइएको छ।