बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बारा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो ( अपडेट)


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २०, २०७९
  • 270
    SHARES

मकवानपुर, २० असोज । बारामा आज बिहान बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ ।

चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेमा ९ पुरुष र ६ जना महिला छन् । उनीहरुको सनाखत हुन बाँकी छ ।

इन्सपेक्टर श्रेष्ठका अनुसार दुर्घटनामा २० बढी जना घाइते भएका छन् । घाइते दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।

नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६-००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । घाइतेहरुलाई उद्धार गरी मकवानपुर ल्याइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }