बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

वर्षासँगै मनाङमा हिमपात


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २०, २०७९
  • 177
    SHARES

काठमाडौ, २० असोज । हिमाली जिल्ला मनाङमा वर्षासँगै हिउँ परेको छ। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबार बिहानबाट हिउँ पर्न थालेको हो।

मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाका केही क्षेत्रमा हिउँ परेको स्थानीयले बताएका छन्।

मनाङको माथिल्लो क्षेत्रको थोराङलापास, बेसक्याम्प, याकखर्च, तिलिचो क्षेत्रमा हिमपात भइरहेको छ।

हिमपातका कारण माथिल्लो क्षेत्रमा बिधुत र इन्टरनेट समेत प्रभावित छ। मोबाइल नेटवर्कमा पनि समस्या भएको स्थानीय पाल्साङ गुरुङले बताए। मनाङमा गत वर्ष मंसिर १६ गते पहिलो पटक हिउँ परेको थियो।

मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यका अनुसार केही दिनदेखि लगातार भइरहेको मनसुनी प्रभावका कारण भारी बर्षासगै माथिल्लो क्षेत्रमा हिमपात भएको छ।

नार्पाभूमि र मनाङ ङिस्याङ गाउँपालिका लगायतको उच्च भूभागमा हिमपात भएको हो। निरन्तर वर्षासँगै हिमपात भइरहेकाले नागरिकलाई सचेत रहन आग्रह गरिएको छ।

हाल पर्यटकीय सिजन भएकाले स्वेदशी तथा विदेशी पर्यटक, पदयात्री एवं स्थानीय बासिन्दालाई समेत सचेत रहन मनाङ प्रशासनले अनुरोध गरेको छ।

नदी तटमा रहेका बस्तीका बासिन्दालाई पूर्व सावधानी एवं सतर्कता अपाउन, कोही पर्यटक कतै अलपत्र अवस्थामा रहेको भए तत्काल नजिकको प्रहरी कार्यालय र एक्यापको चेकपोष्टमा खबर गर्न भनिएको छ।

जिल्ला प्रशासन कार्यालय मनाङले प्रहरी कार्यालय, अन्नपूर्ण संरक्षण क्षेत्र चेकपोस्ट साथै गाउँपालिकाहरूले आआफ्नो क्षेत्रभित्र आवश्यक सहयोग, समन्वय एवं सूचना प्रदान गरी विपद् जोखिमलाई ध्यान दिई मानवीय एवं भौतिक क्षति हुन नदिन पूर्वसतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }