बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आजबाट फिल्म ‘२ नम्बरी’ प्रदर्शनमा


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २१, २०७९
  • 295
    SHARES

काठमाडौं- आजबाट  फिल्म ‘२ नम्बरी’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै ‘२ नम्बरी’ देशभरका चलचित्र घरमा एकसाथ प्रदर्शनमा आएको हो ।

यद्यपी सिंगल रिलिजको अवसर पाएपनि देशभरको चलचित्र घर भने सबै पाएको छैन । किनभने गत साता रिलिज भएको ‘बाबरी’ र गत ७ गते रिलिज भएको ‘प्रेम गीत ३’ले पनि केही स्टेसन ओगटेका छन् ।

दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’ मित्रता, प्रेम र चोरी सिकारीको बिषयमा निर्माण भएको फिल्म हो । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, पुस्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, विश्वास गुरुङ, जयनन्द लामा लगायतको पनि अभिनय छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको फिल्ममा दीपक मनाङ्गे, अमलादेवी राई र जयस श्रेष्ठ निर्माता हुन् । सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा मिठु तामाङ्नी हुन् ।

सुशान्त प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा जयन जे वाइवाले संगीत दिएका छन् । फिल्मले राम्रो ब्यवसाय गर्ने दाबी निर्माण युनिटको रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }