बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

अर्घाखाँचीमा पहिरोले २१ घरपरिवार विस्थापित : पाल्पामा घर पुरिँदा दुई जना घाइते


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २१, २०७९
  • 328
    SHARES

काठमाडौ, २१ असोज । अर्घाखाँचीमा पहिरोले २१ घरपरिवारका ९६ जना विस्थापित भएका छन् ।

छत्रदेब गाउँपालिका वडा नम्बर ७ र ८ का १० घरपरिवारका ४६ जना, मालारानी गाउँपालिका वडा नम्बर ६ का ७ घरपरिवारका ३५ जना, सन्धिखर्क नगरपालिका वडा नम्बर ६ का ३ घरपरिवारका १३ र पाणिनी गाउँपालिका वडा नम्बर ८ का १ घरका २ जनासहित ९६ जना विस्थापित भएका छन् ।

विस्थापित घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताउनुभयो ।

यस्तै दशैँको टीका लगाउन मामाघर हिँडेका सन्धिखर्क नगरपालिका वडा नम्बर–७ का १० वर्षीय बालक समीर पौडेल अझै फेला परेका छैनन् । उनी खर्ज्याङ खोलाको किटेनी पुल नजिकैबाट खोला तर्ने क्रममा बगेर बेपत्ता भएका थिए ।

यसैबीच पहिरोले घर पुरिँदा पाल्पामा २ जना घाइते भएका छन् । तिनाउ गाउँपालिका–६, मस्यामका नीरबहादुर सारुको घरलाई पहिरोले पुर्दा डेढ वर्षकी अरुषी खासु र २१ वर्षकी विष्णुमाया सारु घाइते भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । घाइते दुवैजनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }