सोमवार, बैशाख ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जसपालाई २१ सिट दिन एमाले तयार


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २१, २०७९
  • 164
    SHARES

काठमाडौं, २१ असोज । सत्ता साझेदार दल जसपाले नेकपा एमालेसँग गठवन्धन गर्ने भएको छ । सत्तारुढ दलभित्र सिट भागबन्डामा सहमति जुट्न नसकेपछि जसपा एमालेसँग निर्वाचनमा तालमेल गर्ने निर्णयमा पुगेको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार जसपाले प्रतिनिधि सभाका २५ सिट मागेको र त्यसमा एमालेले २० देखि २१ सिटमात्र दिन सकिने अडान राखेको छ ।

ज्ञवालीका अनुसार जसपा र एमालेबीच गठवन्धनका लागि आज पुनः शीर्ष नेताहरुबीच छलफलपछि सहमति पत्रमा हस्ताक्षर हुनेछ । छलफल सकारात्मक ढंगले अघि बढेको र सहमति नजिक पुगेको उनले जानकारी दिए ।

‘सम्भवत आजै फाइनल होला । सहमति हुनेमा म विश्वस्त छु’, उनले अघि भने । जसपाले सत्ता गठवन्धनमा जम्मा १६ सिट मात्र पाएपछि एमालेसँग गठवन्धन गरेर निर्वाचनमा जाने तयारीम जुटेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }