शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विद्युत् प्राधिकरणले बिजुलीको तार भुमिगत गर्दा फुटपाथमा पातला आउटडोर बक्स राख्ने


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २१, २०७९
  • 158
    SHARES

काठमाडौं, २१ असोज । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा पातला आकारको ‘आउटडोर क्याबिनेट बक्स’हरु राख्ने भएको छ ।

यसअघि फुटपाथ छेकिने गरी राखिएका ठूला क्याबिनेट बक्स हटाएर पालता आकारको क्याबिनेट बक्स राख्न लागिएको हो ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयले परामर्शदातालाई अव्यवहारिक रुपमा राखिएका यस्ता बक्सहरुको रि-डिजाइन गर्न निर्देशन दिएको थियो ।

परामर्शदाताले ठूलो क्याबिनेट बक्सको साटोमा पातला आकारका क्याबिनेट बक्स राख्न सिफारिस गरेको थियो ।

फुटपाथमा हिंड्नेहरुलाई सडकमै झर्न बाध्य हुने गरी राखिएका बक्सहरुलाई अब व्यवहारिक रुपमा व्यवस्थापन गरिने निर्देशनालयका प्रमुख तारा प्रधानले बताए ।

अहिल पनि धेरै ठाउँमा पैदलयात्रीलाई पर्खाल र आउटडोर क्याबिनेट बक्सको बीचमा च्यापिएर हिँड्नुपर्ने बाध्यता छ ।कतिपय ठाउँमा त फुटपाथ पूर्ण रुपमा ‘ब्लक’ भएको छ । निर्देशनालयका प्रमुख प्रधानका अनुसार करिब १०० वटा बक्सहरु रिडिजाइन गरेर राखिंदै छ ।

अहिले बालुवाटार, बुढानीलकण्ठ, टोखा, गोंगबु, महाराजगञ्ज, रत्नपार्क, न्यूरोड, अनामनगर, धोबीखोला, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, एयरपोर्ट, चावहिल, जोरपाटी क्षेत्रकाम सडकका विभिन्न स्थानमा राखिएका बक्सले पैदलयात्रुलाई समस्यामा पारेको छ । प्राधिकरणले महाराजगञ्ज र रत्नपार्कपछि कीर्तिपुर, कुलेश्वर, बानेश्वर, बालाजु र जोरपाटी वितरण केन्द्र अन्तरगगतका क्षेत्रमा पनि तार बिछ्याइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }