
सुलसुले
एका बिहानै सुलसुलेले हाकिमकाे कान भर्याे। हजुर ! मरिजाँउ ! उसलाई मैले त्याँहा देखिन नि —- । केही बेरमै हाकिमले सहायकलाई थर्काउदै भन्यो ।”तपाइ हिँजो कहाँ हुनुहुन्थ्यो”? उसले मुस्कुराउदै भन्याे,हजुरले जहाँ खटाइसेकाे थियो म त्यही थिए”। हाकिमले जंगिदै भन्याे,”मैले चेक गर्दा किन भेटिन त”? उसले घाेसे मुन्टाे पारेरै निर्धक्क भन्याे,”त्यो हजुरलाई नै सोधिस्याे। म त त्यही थिए”।
उसलाई थाहा थियो हाकिम त्यहाँ चेकगर्न गएकै थिएन ।हाकिमकाे अनुपस्थितिमा उसले अथक मिहिनेतले दिनभर लगायर काम फत्ये गरेकाे थियाे। हाकिमले जंगिदै रातो अनुहार बनाएर भन्यो,”तपाई अँध्यारोमा तिर हान्ने ? न बिराउनु ,नडराउनु उसलेपनि चर्कै स्वरमा भन्यो,”तपाई धमिलोमा माछा मार्ने ? आफू चेक गर्न नगइकन तँ गइनस् भन्ने ?तपाई कति बजेर कति मिनेट जादाँ त्यहाँ पुग्नु भयो ?अनि तपाइले काे-कसलाई देख्नु भयो र मलाई देख्नु भएन ? काम कसले सम्पन्न गर्याे र?तपाई सुलसुलेको कुरा सुनेर कराउने”। उसकाे जवाफले हाकिम अल्लमल्लमा पर्यो । बीषकाे थैली चुलियाे ।
हाकिमले लाज लुकाउदै भने,”ल ठिक छ म तपाईसँग पछि कुरा गर्छु “। अर्काको भर उत्तानो पर , सुनेकै आधारमा पुष्ट्याई गर्न गाह्रो भए पनि गुलिया कुराप्रतिकाे माेह घटेकाे थिएन ।
हाकिमले मनमनै उसलाई रंगेहात कर्काउने अठोट गरी थप सुलसुले खटाउने निर्णय गर्याे र भन्यो, “ल ल ठिक छ,अबदेखि राम्रो गर्नुहोला” हाकिमको कुरा सुनेर दङ्ग परेकाे उसले आफैलाई प्रश्न साेध्याे “हैन मेराे ईमानदारिता नै मेराे अभिसाप हाे त?ऊ घाेत्लिइ रहेकाे थियाे नेपथ्यबाट आवाज आयाे “हैन, हैन सलामी, गुलामी ,चा,चु काे कमि भयाे” । उसले चारैतिर हेर्याे तर त्यहाँ काेही थिएन । उसले कान मिच्दै भन्याे,”हैट ! सुलसुले कानभित्रै छिर्याे कि क्या हाे” ?
-गाेपीराम भण्डारी ‘बटुवा’