शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

गृहकार्य (लघु कथा )


  • गाेपीराम भण्डारी 'बटुवा' 
  • सोमवार, कार्तिक ७, २०७९
  • 475
    SHARES

गृहकार्य

“गुड मर्निङ्ग सर” विद्यार्थीहरू बेन्चबाट जुरूक्क उठे । “सिट डाउन, सिट डाउन” शिक्षकले आर्शिवाद दिए जस्तो गरे । “गृहकार्य ल्यायौ सबैले ?” शिक्षकले विद्यार्थीलाई सोधे । लेखेका ,नलेखेका सबैले एकै स्वरमा भने “ल्यायौं सर” । शिक्षकले किताब देखाउदै भने,”आज सौर्यमण्डलको बारेमा र ग्रहण कसरी लाग्छ भन्ने बारेमा पढने , कुरा बुझ्यौ । विद्यार्थीले लेघ्रो तान्दै भने “बुझ्यौं सर !” ।

शिक्षकले किताब पल्टाएर कुर्सीमा बसे । विद्यार्थीले पनि झोलाबाट किताब झिके । शिक्षकले कुर्सीमा पढ्न थाले, विद्यार्थी खेल्न थाले । कपी च्यात्दै कसैले डुङ्गा बनाए,कसैले साथीको जुङ्गा बनाए । पढ्नेले पनि पढे, नपढ्नेले पनि पढे । कक्षाकाेठाकाे वातावरण बाँसका घारीमा सारी कराइरहेकाे जस्तै थियोे। सबै जना आफ्नै धुनमा मस्त र ब्यस्त थिए ।

पिएनले जोडैले घण्टी ठोके । बन्द कोठाबाट बाहिर दौडन पाउने खुसीमा हल्ला गर्दै बिद्यार्थीले भने, घण्टी बज्यो s s s यो यो ! सरकारी काम कहिले जाला घाम, शिक्षक झस्किए, कुर्सीबाट उठ्दै भने “भोलि गृहकार्य जाँच हुन्छ ,गर्नुपर्ने सबै गरेर ल्याउनु” कुरा बुझ्यौ ? केही विद्यार्थीले भने “बुझ्यौं सर” ।

पछाडि बसेको एउटा विद्यार्थीले शिक्षक निस्कन लाग्दा भन्यो “बुझिन सर” । शिक्षकले विद्यार्थीलाई आँखा तरेपनि सुमसुमाउदै भने “के भयो विकल्प ?के बुझेनौ? तिमीलाई सन्चो छैन कि क्या हो” ? घोसे मुन्टो लगाएर उसले भन्यो “सर मलाई हैन सौर्यमण्डललाई सन्चो छैन । ग्रहदशा र ग्रहण सबैलाई लाग्दो रहेछ ?”

उसकाे जिज्ञाशा सुनेर शिक्षकले प्रष्टाउँदै भने, “सूर्यलाई पृथ्वी र चन्द्रमाले परिक्रमा गर्दा कहिले चन्द्रमामा र कहिले पृथ्वीमा छाया पर्छ ,जसमा सूर्यको प्रकास छेकिन्छ, त्यसैमा ग्रहण देखिन्छ “।

विकल्पले उत्सुक हुँदै भन्यो “सूर्य कताबाट उदाउँछ सर ?” शिक्षकले सहजै भने “पूर्वबाट” । त्यसो भए शिक्षा, सभ्यता, ज्ञान र विज्ञानमा पहिला पश्चिम किन ? उसको प्रश्नले शिक्षकको मथिङ्गल हल्लियो। शिक्षकले अनुमान लगाए अब आफैले गृहकार्य नगर्ने हाे भने टिक्न मुश्किल छ।

उनले कुरा टार्दै भने ,”तिमीलाई याे बिषयमा म भाेलि बताउछु। अहिले अर्को कक्षा शुरु भयाे तिमी कक्षामा जाउ” । शिक्षक घण्टी बजेकाे बाहना बनायर निक्लिए । विकल्पले शिक्षकका पदचाप हेरी टोलाइ रह्यो । सबैकाे मस्तिष्कको घण्टी बजेको भए ? कार्य गरे पुग्थ्याे तर के गर्नु गृह र कार्य कै चिन्ता सबैमा ब्याप्त !

-गाेपीराम भण्डारी ‘बटुवा’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }