शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दुर्घटनामा परे भारतीय चर्चित अभिनेता अमिताभ बच्चन


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक ८, २०७९
  • 331
    SHARES

एजेन्सी । भारतीय चर्चित अभिनेता अमिताभ बच्चन ‘कौन बनेगा करोडपति १४’ (केबीसी) को सेटमा दुर्घटनामा परेका छन् ।

केहिदिन अगाडि अमिताभ केबीसी १४ को सेटमा बायाँ खुट्टाको नसा काटिए पछि तत्कालै नजिकैको अस्पतालमा भर्ना भएका थिए । अमिताभले सामाजिक सञ्जाल मार्फत खुट्टामा चोट लागेको र अस्पतालमा भर्ना पछि आफू पूर्ण रूपमा ठीक भएको जानकारी दिएका छन् ।

अमिताभले केबीसी १४ को सेटमा भएको दुर्घटनाको बारेमा भनेका छन्, ‘सेटमा मेरो देब्रे खुट्टाको नङमा धातुको टुक्रा पसेको कारण त्यहाँको नसा काटियो ।’ यसबारे उनले अगाडि भने, ‘नसा काट्नेबित्तिकै खुट्टाबाट रगत बग्न थाल्यो, तर, तुरुन्तै मलाई डाक्टर कहाँ लगियो, जहाँ मेरो चोटमा टाँका लगाइयो। अस्पतालका कर्मचारी र डाक्टरको सहयोगमा चोटको समयमै उपचार भयो । अब पूर्ण रूपमा ठीक भएको छु ।’

डाक्टरले उनलाई ट्रेडमिलमा कसरत नगर्न, धेरै बेर नउभिन र धेरै नहिँड्न सल्लाह दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }