शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अनेसास न्यूह्यामसायर च्याप्टरले मनायो लक्ष्मीजयन्ती


  • ईश्वरी भट्ट
  • आइतवार, कार्तिक १३, २०७९
  • 419
    SHARES

अनेसास न्यूह्यामसायर च्याप्टरले शनिवार  एक भव्य समारोह विच ११४औँ लक्ष्मीजयन्ती र संस्थाको नवौ वार्षिक साधारण सभाको आयोजना गरेको छ । नेपाली र अमेरिकन राष्ट्रिय गान पश्चात सुरु भएको कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा, केन्द्रीय महासचिव विमला निरौला, साहित्यकार महेश्वर पन्त , कवि लालगोपाल सुवेदी, एन आर एन एन सी सी यू एस ए महिला संयोजक सुन्दरी गुरूङ, प्रधान सम्पादक ईश्वरी भट्टले महाकवि देवकोटाको तस्वीरमा माल्यार्पण गर्नुभएको थियो ।

अनेसास न्यू ह्याम्पसायरले गरेको कामको प्रसंशा गर्दै केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति श्रध्दा सुमन व्यक्त गर्नु भयो ।

त्यसैगरी केन्द्रीय महासचिव विमला निरौलाले बालबालिकालाई  कार्यक्रमहरूमा सहभागी गराइएकोमा च्याप्टरलाई धन्यवाद ज्ञापन गर्नु भयो भने प्रधान सम्पादक ईश्वरी भट्टले आगामी कार्यक्रमका रूपरेखा प्रस्तुत गर्दै अनेसास न्यू ह्यामसायरले गरेका कामको चर्चा गर्नु भयो। कार्यक्रममा महासचिव राधा थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुवास श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने
कवि लालगोपाल सुवेदीले महाकविको वारेमा प्रकाश पार्नु भयो ।

कार्यक्रममा साहित्यकार महेश्वर पन्तलाई “ मुक्तिनारायण/ मनमाया श्रेष्ठ स्मृति “ पुरस्कार प्रदान गरिएको थियो भने अनेसास बालतारा पुरस्कार स्तुति खतिवडालाई केन्द्रको तर्फबाट प्रदान गरिएको थियो।

च्याप्टरको स्थापना कालदेखिनै सहभागिता र सल्लाहदिँदै आएका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजालाई प्रधान सम्पादक ईश्वरी भट्टले मायाको चिनो प्रदान गर्नु भएको उक्त कार्यक्रममा न्यू ह्याम्पसायरका विभिन्न संघ संस्थाका अध्यक्ष एवं पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै देउसी भैलो पनि खेलिएको थियो। जसबाट संस्थाले राम्रै अर्थोपार्जन गरेको थियो। कार्यक्रममा आन्या बैध्यको नाच, श्रीला कडरिया र रश्मी अधिकारीको अनेसास गीत, हरिमाया अधिकारी, सागर खतिवडा, पविता परियार, सुशील गौतमको गायन र प्रमोद उपाध्यायको वाद्यवादन , शारदा भट्ट , सुन्दरी गुरूङ र साथीहरूको नाचले निक्कै रोचक बनाएको थियो।

अनेसास न्यूह्यामसायर च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई संस्थाका महासचिव राधा थापा र सचिव नन्द शर्माले संचालन गर्नु भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }