बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

साहित्यकार पन्तलाई पुरस्कार


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक १४, २०७९
  • 297
    SHARES

समाचारदाता
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, न्यूह्यासायरद्वारा स्थापित ‘ मुक्तिनारायण मनमाया श्रेष्ठ स्मृति विशिष्ठ साहित्यकार प्रतिभा पुरस्कार” २०२२ द्वारा बोस्टनका साहित्यकार महेश्वर पन्त पुरस्कृत भएका छन् । राम श्रेष्ठद्रारा प्रायोजित उक्त पुरस्कार नगद २५० अमेरिकी डलरसहित सम्मान-पत्र रहेको छ ।

शनिवार न्यूह्यासायर च्याप्टरद्वारा आयोजित कार्यक्रममा अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले पन्तलाई पुरस्कार समर्पण गरेका छन् ।
नेपाली भाषा, साहित्य र कलाका क्षेत्रमा सक्रिय रुपले सेवा गरेवापत पन्तलाई पुरस्कृत गरिएको हो ।

आफूलाई पुरस्कृत गरेकोमा संस्थालाई आभार व्यक्त गर्दै यसले लेखन क्षेत्रमा प्रोत्साहन मिल्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी अनेसास केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाले पन्तको लेखन यात्राको प्रसंशा गर्दै सही प्रतिभाको चयन गरेकोमा पुरस्कार चयन समितिलाई धन्यवाद ज्ञापन गरे ।

च्याप्टर अध्यक्ष हरिमाया अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अनेसास न्यूह्यामसायर च्याप्टरका प्रधान सम्पादक ईश्वरी भट्ट, केन्द्रीय महासचिव विमला निरौला, साहित्यकार लालगोपाल सुवेदी, एन आर एन एन सी सी यू एस ए महिला संयोजक सुन्दरी गुरूङलगायतले पन्तलाई बधाई ज्ञापन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }