सोमवार, चैत्र १३, २०७९
Mountain Khabar

Advertisment

SKIP THIS

महापुरुष हेरे पछि शब्दमा चर्चा गर्दा…


  • शम्भु उप्रेती
  • बिहिबार, कार्तिक १७, २०७९
  • 346
    SHARES

महापुरुष हेरे पछि शब्दमा चर्चा गर्दा…

हाम्रो समाजमा बृद्ध उमेरका बिधुर / बिधुवाहरू प्रति आम मानिसहरूको मात्र होईन कि आफ्नो घरपरीबार जन र संन्तानहरूको समेत वहाँहरूको प्रेम भाबना प्रतिको हेयभाबको दृष्टिकोणलाई उजागर गर्न सफलता मिलेको देखिन्छ ।

बृद्ध एकलहरूले आफ्नो उमेरकै जीबन साथी रोज्नुलाई सामाजिक बहीश्कार तहको अपराध गरेको जस्तो कथित ईज्यतै जाने र परीबार जनहरूको समेत बेईज्यत हुने जस्तो रुढीबादी पुरातन मानसिकताको कारण बृद्धहरू नचाहेर पनि एकल जीबन ब्यतीत गर्ने र आफैमा हीनता बोध महशुस गरी अमूल्य परीपक्व जीबन उदासीन र तनाव युक्त बन्न पुग्ने यथार्ततालाई उजागर गर्न यस चलचित्र सफल देखिन्छ ।

आफ्नो एकल बाबुलाई बाचुन्जेल मात्र होईन मरेपश्चात महापुरुष बनाउने होडमा आफ्नो दुई छोराहरूमा परेको भ्रम बिच कान्छा छोराले बाबुले भोगेका पिडाबोध प्रतिको यथार्तता जानकारी पछि समाजको मान्यता बिपरीत “बाबुको बिहे पश्चात मात्र आफ्नो बिहे गर्ने “ जोखिम मोल्न संघर्ष पूर्ण तरीक़ा अपनाएको र बाबुले एक्लोपनको कारण भोगेको निरस र दर्दनायक अबस्था बाट मुक्त गरी वाहाको बाकी जीबनलाई ख़ुशी र आशान्वित बनाउने काम गरी दर्शकहरूको मन जीत्न सफल बनेको छन् ।

यती मात्र होईन दर्शकका आखामा अनायास ख़ुशीको आशु बगेको पत्तो नहुने अबस्था अधीकांसमा आखामा आशु अनुहारमा मुस्कान भरिएको देखिन्थ्यो ।

यस सिनेमाको मार्मिक भूमिका बाट नेपाल भरीको हलहरूमा पहीलो दिन देखीनै दर्शक हरूको खचाखच उपस्थितिले ब्यापारमा अकल्पनिय तरक़्क़ी मात्र होईन कि समाजमा गडेर रहेका एकल जोडी को देस्रो बिहे समन्धी बिधमान रुढीबादी मान्यता लाई समेत चिरफार गर्न पूर्ण सफल देखीन्छ ।

बिगतका दिनहरुमा मह जोडी र टिम लाई समाजमा रहेका बिसंगती र बिकृती बिरुद्ध सिनेमा,सिरीयल र स्टेज कार्यक्रम हरुको माध्यम बाट निरन्तर सफलतालाई अझ उचाईमा पुर्याएको अबस्था यस सिनेमा उचाईको माईल स्टोन चुम्न सफल देखियो ।

फ़िल्म को प्रदर्शन नेपालमा मात्र नभई एकैसाथ अमेरिका र अस्ट्रेलियाका दर्शकहरूको माझमा पुर्याउनु पनि अर्को बिशेष सफलताको रुपमा रहेको छ । युवा लेखक प्रदीप भट्टराई र नव प्रतिभा हीरो हीरोइनको बेजोडको सफल अभीनयको सर्बत्र प्रसंशा कमाई रहेको फ़िल्म हेरिसकेपछीको अनुभुति सामाजिक सन्जालहरूमा देखीएको लोकप्रियता र दैनिकी करोडौ आम्दानी भएबाट अनुमान लगाउन गाह्रो परेन ।

नव प्रतिभा नायक अरुण क्षेत्री र नायीका अञ्जना बराइली फ़िल्मी क्षेत्रमा स्थापित बन्नेमा संका रहन्न । पिता जी प्रतिको सत्बिचार बोकेको नायक स्वयं महापुरुष आफु बनेर देखाए जबकि दाजुको चाहाना भने फरक बाबु बाट त्यागको भाबना हुनुलाई समाजमा ईज्यत बड्ने मान्यतामा अडीग थिए ।बास्तबमै यस फ़िल्मको कथाहरुको परिकल्पना मदन कृस्ण र हरीबंशको जीबनमा परेको पत्नी बीयोगको पिडाबोध पछीको अनुभुतिहरूको पोको खोलेको बुझ्न गाह्रो पर्दैन ।

यस्तो होस भनेर नयाँ पिडीको चाहना अनुरुपको चर्चाको सिखरमा रहेको सामाजिक कुरिती बिरुद्ध बनाईएको नेपाली चलचित्रको सफलताको कथालाई आम मानिसहरूको साझा मान्यता र नेपाली सिनेमा प्रतिको बेहद रुची देखियो । कालजयी चर्चित मह जोडी र टिमहरूको जीबनमा सदाबहार सत्प्रयास प्रति नमन गर्दै लोकप्रिय मह जोडी र पुरानो टिम संग एस एल सी नामक टेलीफिल्ममा आफु लगायत छोरा पारसले संगै निभाएको अभिनाय समेत पूनरीबृत्त भएको अबस्थाले झनै म भित्रको कोमल मनमा मर्मस्पर्शी र गाह्रो मिठो अनुभुति भयो । सम्पूर्ण सिनेमा टिम लाई शुभकामना !

-शम्भु उप्रेती

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ