शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

आफै बन्नुपर्छ (गीत)


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २१, २०७९
  • 407
    SHARES

गीतः
आफै बन्नुपर्छ
*
बिपत्तिमा काँधै हाल्न, आउँदैनन् कोही पनि
बलेकै आगो मात्र ताप्छन् जो पनि ।
—-
सुख बाँढ्नु अरूसँगै, दु:ख आफैमा
उमङ्गको भागी अरू, पीडा साथैमा
सोह्रै आना आफ्नो हुन्न, पराईको मन
अर्काको खल्तीको, काम लाग्दैन धन।
बिपत्तिमा……।
—-
घाम-जून, धर्ती-आकाश, आफै बन्नुपर्छ
आफ्नो लागि जिउने बाटो, आफै खन्नुपर्छ
स्वर्ग-नर्क देखिँदैन, आफै नमरी
आफै भाग्य लेखिँदैन, कर्म नगरी ।
बिपत्तिमा…….. ।
***
-ज्ञानेन्द्र गदाल
कोलोराडो, अमेकिका ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }