बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

क्यामरुनले भ्रष्टाचारमा ६७ मिलियन डलर गुमायो


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक २६, २०७९
  • 226
    SHARES

याउण्डे । क्यामरुनले गत वर्ष भ्रष्टाचारबाट करिब ४४ अर्ब रकम (करिब ६७ मिलियन अमेरिकी डलर) गुमाएको क्यामरुन भ्रष्टाचार विरोधी आयोगले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

यो रकम सन् २०२० को तुलनामा २६ अर्ब क्यामरुनको रकमभन्दा बढी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार स्वास्थ्य, शिक्षा, वित्त, सडक, यातायात र प्रादेशिक प्रशासन क्षेत्रहरू सबैभन्दा बढी भ्रष्ट भएकाले प्रहरी र स्थानीय सरकारी अधिकारीहरू सबैभन्दा खराब भ्रष्टाचारी देखिएका छन्।

‘भ्रष्टाचारविरुद्ध लड्नका लागि अहिलेसम्म विभिन्न प्रयासहरू भएका छन्। तर, हामीले हाम्रो रणनीतिलाई अगाडि बढाउन आवश्यक छ। यो सत्य हो कि भ्रष्टाचारविरुद्ध लड्न र सार्वजनिक कोषको व्यवस्थापन जाँच गर्ने सन्दर्भमा जनताले आफ्नो जिम्मेवारीप्रति सचेत भइरहेका छन् तर अधिकारीहरूले पनि त्यसका निम्ति काम गर्न आवश्यक छ,’ आयोगका अध्यक्ष डाएउडोन मासी गाम्सले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }