बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गठबन्धन दलहरुको अन्तरविरोध शुन्यमा झर्यो, सङ्खुवासभामा एमाले आत्तियो


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २८, २०७९
  • 378
    SHARES

संखुवासभा–गठबन्धन दलहरुबीच संखुवासभामा देखिएको अन्तरबिरोध अन्तत शुन्यमा झरेको छ । निर्वाचनको मिति नजिकिएसंगै दलहरुबीच देखिएको केही अन्तरविरोध समाप्त भएको छ । जसरी पनि गठबन्धनका उमेद्वारलाई जिताृने अभियानमा केन्द्रिय देखि वडा तहसम्मका नेता र कार्यकर्ता होमिएका छन् । एमालेले गाउँमा मत माग्न जाँदा मतदातामा गठबन्धनको बिषयमा भ्रम छरेका थिए । कांग्रेसका केन्द्रिय सदस्य तारामान गुरुड प्रतिनिधिसभा र ्िरदेशसभा दुबै गठबन्धनका उमेद्वारले जित्ने दाबी गर्छन् । हामी एक ढिक्का भएर हिडेका छौ, तारामान भन्छन्, एमालेले जति गठबन्धनका बारेमा झुटो प्रचार गरेपनि जीत हाम्रै हुन्छ । एमाले कमजोर आवश्थामा देखिएपछि भ्रमको खेतीमा लागेको उनले बताए । कांग्रेसभित्र अन्तरविरोध छ, चुनाब जितिहाल्छौ भन्दै मत माग्न छोड्नुस, उनले भने, हामी एमाले भन्दा ७ हजार मत अगाडी छौ । प्रतिनिधिसभाको कुरामात्रै हैन, प्रदेशसभा क र ख मा पनि गठबन्धनका उमेदवार भारी मतकासाथ विजयी हुने छन् ।

एकिकृत समाजबादीका केन्द्रिय सदस्य हेमराज घिमिरे गठबन्धनको पक्षमा माहोल देखिएपछि एमाले आतिएको दाबी गर्छन् । जताततै गठबन्धनलाई जिताउने कुरा छ, उनले भने, हार्ने डरले मतदातामा भ्रम छरेर हिडेका छन् । गठबन्धनमा अन्तर बिरोध हैन, एमाले भित्र चरम अज्तरबिरोध देखेका छौ । एमालेका कार्यकर्ता पनि गठबन्धनलाई भोट खसाल्ने पक्षमा छन् । उदारहणका लागि हेर्नुहोला, एमालेलाई खाँदबारी नगरपालिकामा भारी मतले हरा एझै प्रतिनिधिसभा र प्रदेशसभाका दुबै क्षेत्रमा धुलो चटाउँछौ । एमालेका उमद्वार राजेन्द्र गौतम एउटा झुण्डलाई बोकेर चुनाबमा होमिएका छन्, उनले भने, एमाले भित्रका कार्यकर्तामा निरासा छाएको छ । गौतमले वितेको ५ बर्षमा संखुवासभाको विकासका लागि सिन्को समेत भाचेनन् । सडक, पुल, सरकारी भवन बनाउन सकेनन्, उनले भने, ठेक्का लागेपछि सांसद हुँदा उनको जिम्मेवारी घचघचाउने थियो, तर, उनले ठेकेदार संग रकम असुलेर आफू मोटाए, विकास निर्माणमा लागेनन् । पूर्वमन्त्रीहरु दीपक खड्का र तारामान गुरुडले ल्याएका विकासका कामलाई आफूले ल्याएको भन्दै चर्चा कमाउने भन्दा काम गर्न सकेनन् ।

किमाथांका खाँदबारी सडक सम्पन्न नभए भोट माग्त अर्को बर्ष पटक आउँदिन भन्ने उद्घोष उनले गरेका थिए तर, खै किमाथांका सडक सम्पन्न भयो त । उनले झुटको खेतिका कारण एमालेका उमेदवार गौतमको हार निस्चित भएको दाबी गरे । माओबादी केन्द्रका नेता आरपी किँराती ५ बर्षे कार्यकालमा एमालेका उमेदवार गौतमले सिन्को नभाचेको दाबी गर्छन् । गौतमले संखुवासभाली मतदाताको आँखामा छारो हाल्नसम्म हाले, उनले भने, विकास निर्माणका काममा कहिल्यै ध्यान दिएनन्,संसदको भत्ता खाएर बसे, त्यही भएर उनको हार निश्चित भएको हो । गठबन्धनको पक्षमा माहौल देखेर उनको होसहवास उडिसक्यो, उनले भने, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले जितेपछि मुलुकमा विकास र समृद्धिले गति लिनेछ । अबको ५ बर्षमा संखुवासभाको मुहार फेरिने छ उनले भने, एमालेको सपना हावाले उडाउने छ ।

जिल्लामा आर्थिक समृद्धि नहुँदा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि जनतामा महसुस हुन नसकेको कांग्रेसका जिल्ला उपसभापति रामकुमार जिमीको भनाई छ । उनले आगामी दिनमा सत्तारुढ गठबन्धनले समग्र ध्यान संखुवासभाको आर्थिक विकास र समृद्धिमा दिनेछ । गठबन्धन संखुवासभाली जनताले अनुभूति गर्ने गरी आर्थिक विकासका काममा लाग्ने छ, उनले भने, गठबन्धनले जितिसकेपछि जिल्लाको विकास निर्माण र समृद्धिले गति लिनेछ । राजनीतिक परिवर्तन हुने तर आर्थिक परिवर्तन त्यसै अनुकूल नहुँदा विकास निर्माणले गति लिन सकेको छैन ।
संखुवासभाली जनताको घर आँगनमा उज्यालो आएजस्तो नलाग्ने भएको हुनाले राजनीतिक परिवर्तन पनि दिगो भएको छैन,ु उनले भने, त्यसकारण गठबन्धनको सम्पूर्ण तागत संखुवासभाको विकास, समृद्धि, सुशासनका लागि लगाईने छ । उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लहर गठबन्धनको पक्षमा आइरहेको पनि दाबी गरे ।
यो पटकको निर्वाचन सामान्य निर्वाचन हैन, उनले भने, समग्र संखुवासभालाई अगाडि लैजाने, शान्तिलाई टुंगोमा र्पुयाउने, जनताको अधिकारलाई परिमार्जित र सुनिश्चित गर्ने या संविधान र देश पछाडि धकेल्ने भन्नेबीच प्रतिस्पर्धा हो । पाँचदलीय गठबन्धनबाट संखुवासभामा कांग्रेसका दीपक खड्का प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । त्यस्तै प्रदेशसभा क मा माओबादी केन्द्रका राजेन्द्र कार्की र प्रदेशसभा ख मा एकिकृत समाजबादीका सरिता खड्का उमेदवार छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }