बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौं महानगरले एकैदिन २७५ वटा साइनबोर्ड हटायो


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक २९, २०७९
  • 305
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले एकैदिन २७५ वटा व्यावसायिक परिचय पाटी (साइन बोर्ड) हटाएको छ।

मापदण्ड विपरीत र अनुमति नलिई राखिएका परिचय पाटी सोमबारबाट हटाउन सुरु गरिएको थियो। पहिलो दिन महानगरले २७५ वटा पाटी हटाएको हो। महानगरले काठमाडौंका चार क्षेत्रबाट यी सामग्री हटाएको हो।

महानगर प्रहरी बलका नगर प्रहरी निरीक्षक लीलाराज गाछाका अनुसार पूर्वमा गौशालाबाट ९४ वटा, पश्चिममा कालिमाटीबाट ५३ वटा, उत्तरमा महाराजगञ्ज चोकबाट ८० वटा र मध्य क्षेत्र रामशाह पथ पुतलीसडकबाट ४८ वटा सामग्री हटाइएको हो।

३० वर्गफुटसम्म आकारमा राखिएको एउटा मात्र बोर्ड भए नियमित गर्न प्रोत्साहन गरिएको छ। एकभन्दा बढी बोर्ड भए, ३० वर्गफुटभन्दा ठूलो आकारको भए हटाइएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }