
काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि चुनावमा होमिएका गठबन्धनमा आबद्ध दल तथा उम्मेदवार यतिबेला चुनाव प्रचारमा केन्द्रित छन् । अहिले उनीहरु घरदैलो र मतदातालाई भेटघाट गर्दै मतदान गर्दा बदर नहुने गरी मतदान गर्न समेत सिकाइरहेका छन् ।
प्रतिनिधि सभाका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा उम्मेदवार तथा गठबन्धनमा आबद्ध दलका सदस्यहरुले घरदैलोमा पुगेर मतदातालाई मत माग्नुका साथै मतदान कसरी गर्ने भन्ने विषयमा सिकाइरहेका छन् ।
निर्वाचनका लागि भोट हाल्ने दिन नजिकिदै गर्दा मतदाताहरु गठबन्धनका उम्मेदवारलाई मत हाल्न आतुर रहेको पाइएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहन आचार्य विकासप्रेमी नेता रहेको र निवार्थ भावनाले जिल्लाको हकहितमा लाग्ने हुँदा आफुहरुको मत उहाँको लागि रहेको मतदाताहरु बताउँछन् ।
जिल्लामा बाम गठबन्धनका उम्मेदवारहरु विजयी हुने आधार पनि बलियो बन्दै गएको छ । जिल्लामा गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन आचार्य, प्रदेश सभा क्षेत्र क का उम्मेदवार कांग्रेसका नेता प्रभात लामा, प्रदेश सभा क्षेत्र ख का उम्मेदवार नेकपा माओवादी केन्द्रका इन्द्र गौतम (जगतजंङ्ग) चुनावी मैदानमा छन् ।