शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालले जित्यो युएईविरुद्धको एक दिवसीय सिरिज


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर २, २०७९
  • 181
    SHARES

काठमाडौं । घरेलु टोली नेपालले भ्रमणकारी टोली युएईविरुद्धको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा युएईलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २-१ ले आफ्नो बनाएको हो ।

युएईले दिएको १ सय ७७ रनको लक्ष्य नेपालले ४० ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले अर्धशतकीय इनिङ खेले ।

दुई पटक जीवनदान पाएका आसिफले अविजित रहदै सर्वाधिक ८८ रनको अर्धशतकीय इनिङ खेले । उनले १ सय १९ बलमा १२ चौका प्रहार गरे ।

यस्तै मल्लले ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रनको योगदान दिए । कप्तान रोहित पौडेलले १० तथा ओपनर अर्जुन साउद ९ रनमा आउट भए ।

दीपेन्द्र सिंह ऐरी सुन्य रनमा रन आउट भए । युएईका हजरत बिलाल र आयन अफजल खानले १-१ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

युएईका लागि आयन अफजल खानले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले । हजरत बिलालले अविजित २० रन बनाए ।

मात्र ९३ रन जोड्दा ९ विकेट गुमाएको युएईका लागि आयन र हजरतले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरे।

यस्तै अलिशन शराफुले ३३ रन बनाए । रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए ।

नेपालका गुलशन झा, दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २र२ विकेट लिए । सोमपाल कामी र ललित राजवंशीले १र१ विकेट लिए ।

नेपालले घरेलु मैदानमा पहिलो पटक द्विपक्षीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको हो । सिरिज अन्तर्गत पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो ।

यस्तै कप्तान रोहित पौडेलले आफ्नो कप्तानी डेब्युमै नेपाललाई एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितेका छन् । सन्दीप लामिछाने निलम्बन भएपछि क्यानले यसै सिरिज अघि रोहितलाई कप्तानी दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }