बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सर्वाधिक कर तिर्नेमा सूर्य नेपाल, व्यक्तितर्फ विजयकुमार शाह


  • माउन्टेन खबर
  • बुधबार, मंसिर ७, २०७९
  • 222
    SHARES

काठमाडौं । सूर्य नेपाल कम्पनी आर्थिक वर्ष २०७७-७८ मा सर्वाधिक कर तिर्ने करदाता बनेको छ।

चुरोट, सलाई, धुप र चकलेटको उत्पादक यो कम्पनी सबैभन्दा धेरै कर तिरेको हो। यो कम्पनी आन्तरिक राजस्व विभागबाट सम्मानित भएको छ।

व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिरेर सम्मानित हुनेमा विजयकुमार शाह छन्। उनी मदिरा उत्पादनको अग्रणी समूह जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष हुन्।

यो समूह अन्तर्गत जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी लगायतका कम्पनी छन्। उनी यसअघि पनि उच्च कर तिरेकोमा सम्मानित भएका थिए।

आय करतर्फ नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) ले सबैभन्दा धेरै कर तिरेको छ। त्यसैगरी, गोर्खा ब्रुअरीले सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट) तिरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा धेरै कर तिर्ने व्यक्ति तथा संस्थालाई आन्तरिक राजस्व विभागले विभिन्न १५ विधामा सम्मान गरेको छ। विभागले आयोजना गरेको समारोहमा बुधबार यी सम्मान प्रदान गरिएको हो।

सम्मानित हुनेमा निर्याततर्फ शिव शक्ति घ्यू र राजेश मेटल क्राफ्ट, कृषितर्फ ओसीबी फिड्स एन्ड फुड, सहकारीतर्फ छिमेक लघुवित्त र ब्याङ्कतर्फ नबिल ब्याङ्क छन्। यी संस्थाले आ-आफ्ना क्षेत्रमा सबैभन्दा धेरै कर तिरेका थिए।

आईएमई रेमिट्यान्स कम्पनीले सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्ट कम्पनीको सम्मान पाएको छ। वस्तु व्यापारतर्फ हंसराज हुलास प्रालि, ऊर्जातर्फ चिलिमे जलविद्युत कम्पनी, मध्यमस्तरीय करदाताका रूपमा नेपाल स्टक एक्सचेन्जले सम्मान पाएका छन्।

बीमातर्फ नेपाल पुनर्बीमा कम्पनी, स्वास्थ्यतर्फ नोबेल टिचिङ अस्पताल र पर्यटनतर्फ मनकामना केबलकारले उच्च कर तिरेकोमा सम्मान पाए।

विभागले यी संस्था र व्यक्तिले कति-कति कर तिरे भनेर खुलाएको छैन।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }