शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मतगणनाको माग गर्दै दोलखामा राँके जुलुस


  • माउन्टेन खबर
  • बुधबार, मंसिर ७, २०७९
  • 184
    SHARES

दोलखा । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनको मतगणनाको माग गर्दै गठबन्धन दलका युवा संगठनले राँके जुलुस गर्दै विरोध जनाएका छन्।

निर्वाचन सकिएको ३ दिन भैसक्दा पनि मतगणना सुरु नगरेको भन्दै निर्वाचन आयोग र मातहतका निकायविरुद्ध राँके जुलुस सहित नाराबाजी गर्दै विरोध जनाएका हुन्।

राँके जुलुसमा कांग्रेसको भातृ संगठन तरुण दल , माओवादीको युवा संगठन वाइसिएल र नेकपा एकीकृत समाजवादीको युवा संगठनका कार्यकर्ताहरु संलग्न छन्। उनीहरुले जिल्ला न्यायाधीश एवं दोलखाका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठको राजिनामा माग गर्दै उनको पुत्ला समेत दहन गरेका छन्।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै एमाले दोलखाका उम्मेदवारहरुले निर्वाचन आयोगमा पुनः मतदान गराउन भन्दै उजुरी गरेका थियो।

सोही उजुरीका कारण निर्वाचन आयोगले तत्काल मतगणना नगर्न निर्देशन गरेका कारण मतगणना सुरु गर्न नसकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }