बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’ अन्तरक्रिया


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर ८, २०७९
  • 207
    SHARES

न्युयोर्क, अमेरीका ८ मंसीरु । अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगरपालिका नगर प्रमुखबीच आपसी सम्बन्ध र नेपालको सहरहरुको विकासबारे भर्चुअल सम्वाद कार्यक्रम सम्पन्न भएको छ । अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६नगर प्रमुखबिच ‘भर्चुअल’ अन्तरक्रिया न्युयोर्कका मेयर एरिक एडम्स र नेपालका आधा दर्जन मेयरहरू बिच द्विपक्षिय हित र साझेदारीका विषयमा भर्चुअल संवाद कार्यक्रम सम्पन्न भएको हो ।

न्युयोर्कमा रहेका अगुवा नेपाली समुदायको प्रयासमा भएको द्विपक्षीय संवादबाट नेपालका नगरहरू र न्युयोर्क सहरसँग भगिनी सम्बन्ध, शैक्षिक र सांस्कृतिक आदान प्रदानका लागि बाटो खुलेको नेपाली समुदायका अगुवाहरूले बताएका छन ।

न्युयोर्कका मेयर एडम्ससँगको भर्चुअल संवादमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, बुटवल उपमहानगर(पालिकाका मेयर खेलराज पाण्डे, दोलखाको भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धर, उदयपुरको त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेत, सिराहाको धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतो र लमजुङको सुन्दरबजार नगरका मेयर कृष्ण प्रसाद कोइराला सहभागी थिए ।

द्विपक्षीय भर्चुअल संवादमा अमेरिकाको न्युयोर्क सहरका मेयर र नेपालका ६ नगर प्रमुखबिच ‘भर्चुअल’ अन्तरक्रियामा न्युयोर्कका मेयर एडम्सले नेपालसँग अमेरिका र न्युयोर्क शहरको भावनात्मक सम्बन्ध रहेको बताए । उनले कोरोना महामारीको समयमा न्युयोर्कमा रहेका नेपाली समुदायका अगुवाहरूले महामारी नियन्त्रणमा गरेको योगदान र सहयोगको खुलेर प्रशंसा गरेका थिए । मेयर एडम्सले नेपाल मलाई मनपर्ने देश हो र मैले नेपाल २०१५ मा भ्रमण गरिसकेको छु र अब फेरी भ्रमण गर्ने ईच्छा व्यक्त गरे।

कार्यक्रमको गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले सहजीकरण गरेका थिए । उनले नेपालकानगरहरू र न्युयोर्क बिच भगिनी सम्बन्ध स्थापना तथा दीर्घकालीन रूपमा एक आपसमा हुनसक्ने व्यापार, सामाजिक, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान लगायतका परियोजना हरूमा साझेदारीका लागि भर्चुअल माध्यमबाट छलफल प्रारम्भ भएको सुनाए । सोमनाथ घिमिरे विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाका अन्तर्राष्ट्रिय मामिला सम्बन्ध सल्लाहाकार हुन।

न्युयोर्कका मेयर ऐरिक एडम्सको प्रमुख अतिथ्यमा चलेको बैठकमा नेपालका नगर प्रमुखहरूले द्विपक्षीय सम्बन्ध र नेपाली नगरहरूको विकास बारे आ–आफ्ना धारणा राखेका थिए र मेयर एडम्सलाई नेपालका ६ जना मेयरहरुले आ(आफ्नो सहरको भ्रमणका लागी निमन्त्रणा दिए भने न्युयोर्क चेम्बर अफ कमर्सका अन्तर्राष्ट्रिय परिषद् अध्यक्ष अमित शाहले आफ्नो धारणा राख्दै मेयर एडम्सको परिचय गराएका थिए र सबैलाई स्वागत गरेका थिए।

कार्यक्रममा न्युयोर्क शहरको मेयर कार्यालयका डेपुटी कमिसनर आईसाता कामरा, अन्तर्राष्ट्रिय सम्बन्ध कमिसनर एडवार्ड मर्मेलस्टेन, मेयरको कार्यालयका अर्का अन्तर्राष्ट्रिय सम्बन्ध डेपुटी कमिशनार दिलीप चौहानले नेपालका नगरहरू सँगको द्धिपक्षिय सम्बन्ध, रसहकार्य बारे धारणा राखेका थिए ।

गिरिजा प्रसाद कोइराला फाउडेसन अमेरिकाका उपाध्यक्ष सुवर्ण लामाले नेपालका नगरहरू र न्युयोर्क शहर बिच भगिनीसम्बन्ध र द्विपक्षीय सहकार्यका लागि ढोका खुलेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }