
रसुवा । मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा बिजयी भएकाहरुलाई जिल्ला निर्वाचन कार्यालय रसुवाले बिजयी प्रमाणपत्र प्रदान गरेको छ ।
आज बिहिवार सदरमुकाम धुन्चेमा एक कार्यक्रमको आयोजना गरि विजयीहरुलाइ प्रमाणपत्र प्रदान गरिएको हो ।
प्रतिनिधि सभामा विजयी नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य मोहन आचार्य, प्रदेश सभा क्षेत्र क मा विजयी नेपाली काङ्ग्रेसका नेता प्रभात तामाङ, प्रदेश सभा क्षेत्र ख मा विजयी नेकपा माओवादी केन्द्रका इन्द्र गोतामे जगतजङ्गलाई कार्यलयले विजयी भएको प्रमाणपत्र प्रदान गरेको जनाएको छ ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रतिनिधिसभा र प्रदेश सभाका दुई वटै क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन् ।
प्रतिनिभिसभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन आचार्य विजयी भएका छन् । उनले नेकपा एमालेका छोवाङ तेन्जिन तामाङलाई ९६२१ मत बढी ल्याएर पराजित गरे । प्राप्त मतपरिणाम अनुसार आचार्यले १८२३५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी तामाङले ८६१४ मत प्राप्त गरेका छन् ।
त्यसैगरि, जिल्लाको प्रदेश सभा क्षेत्र क तर्फ नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् । उनले निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका कुलप्रसाद भट्टलाई फराकिलो मतान्तरले पराजित गर्दै तामाङ विजयी भएका हुन् । प्राप्त परिणाम अनुसार प्रदेशको १३५१८ मत गणना गर्दा तामाङले ८१८६ मत ल्याएर विजयी भएका छन् । तामाङका प्रतिद्धन्द्धी भट्टले ४७४१ मत प्राप्त गरे । तामाङले ३४४५ मत बढी ल्याएर विजयी बने ।
त्यसैगरि प्रदेश सभा क्षेत्र ख मा बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका इन्द्र गोतामे (जगतजंग) विजयी भएका छन् । उनले प्रतिद्धन्द्धी नेकपा एमालेका तेम्ब्रेल तामाङलाई ३६४९मतान्तरले पराजित गर्दै गोतामे विजयी भएका हुन् । गोतामेले ८५३३ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धन्द्धी तामाङले ४८८४ मत प्राप्त गरेका छन् ।